द्रुत खबर बिशेष

राष्ट्रपतिको मतदान सकियो, प्रदेशका ३२ र संघीय संसदका १७ सांसद अनुपस्थित
राष्ट्रपतिको मतदान सकियो, प्रदेशका ३२ र संघीय संसदका १७ सांसद अनुपस्थित

राष्ट्रपति चयनका लागि भएको मतदान सकिएको छ । मतदान सकिएसँगै मतगणनाको प्रक्रिया सुरु भएको छ । राष्ट्रपतिका लागि सातै प्रदेशका प्रदेश सांसद र संघीय संसदका दुवै सदनका सांसदहरूले मतदान गरेका छन् । प्रतिनिधिसभाका चार सिट खाली रहँदा २७१ र राष्ट्रियसभाका ५९ जना सांसदले मतदान गर्नुपर्नेमा सबै सांसदले मतदान भने गरेनन् । संघीय संसदका ३३० मध्ये […]

  • ३ years अगाडि
कालीगण्डकी नदि किनारमा एक पुरुषको शव फेला
कालीगण्डकी नदि किनारमा एक पुरुषको शव फेला

कालीगण्डकी नदि किनारमा एक पुरुषको शव फेला परेको छ । बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो( गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदि किनारमा अन्दाजी ३५/४० वर्ष उमेर समुहको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो । “प्रहरी घटनास्थलमा पुगिसकेको छ, घटनास्थलको मुचुल्का गरेसँगै सबै […]

  • ३ years अगाडि
पर्वतको ठूलीपोखरीमा भोलिदेखि ३ दिने बृहत् स्वास्थ्य शिबिर संचालन हुने
पर्वतको ठूलीपोखरीमा भोलिदेखि ३ दिने बृहत् स्वास्थ्य शिबिर संचालन हुने

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ । निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने शिविरको सवैजसो तयारी पुरा भएको वडा नं. १२ का वडा अध्यक्ष झलक रिमालले […]

  • ३ years अगाडि
दक्षिण कोरियामा संयुक्त होलि कार्यक्रमको हुँदै
दक्षिण कोरियामा संयुक्त होलि कार्यक्रमको हुँदै

दक्षिण कोरिया  । नेपालीहरुले निकै महत्त्वका साथ मनाउदै आईरहेको फागु पुर्णिमा अर्थात होलि दक्षिण कोरियामा विभिन्न संस्थाहरुको सक्रियतामा संयुक्त रुपमा  मनाउन लागिएको छ । विगतका वर्षहरूमा जस्तै  यस वर्ष पनि पाँच “स” दक्षिण कोरियाको प्रमुख आयोजकत्व र कोरियामा रहेका सक्रिय सङ्घ संस्थाहरूको आयोजनामा संयुक्त रूपमा  यही आउँदो मिति सन् २०२३ मार्च ५ तारिखका दिन कोरियाको […]

  • ३ years अगाडि
पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी
पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिवराह मन्दिरको आज (बुधबार) उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउन सकिने बताउनुभयो । कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको […]

  • ३ years अगाडि
राष्ट्रपति भण्डारी पर्वतको जलजला आउँदै
राष्ट्रपति भण्डारी पर्वतको जलजला आउँदै

पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार पर्वतको जलजला गाउँपालिकाको माझफाँट आउनुहुने भएको छ । जलजला गाउँपालिकाको वडा नं. ३ माझफाँटमा रहेको घर्ती क्षेत्री समुदायको कुल मन्दिरको उद्घाटन गर्न आउन लाग्नुभएको हो । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बराहताल परिसरमा रहेको कुल मन्दिर उद्घाटन साथै पर्वतको सवैभन्दा उच्च स्थानमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल हम्पालको […]

  • ३ years अगाडि
राष्ट्रपति निर्वाचनमा कसको मतभार कति ?
राष्ट्रपति निर्वाचनमा कसको मतभार कति ?

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका सदस्यहरू मतदाता हुने कानूनी व्यवस्था छ । सोअनुसार माओवादी केन्द्र निर्णायक दल बनेको छ । निर्वाचन आयोगले तयार पारेको दलहरूको प्रतिनिधि संख्या र मतभार हेर्दा प्रतिनिधि सभामा ३२, राष्ट्रिय सभामा १६ र सातै प्रदेशमा गरी ८२ सिट भएको माओवादी केन्द्र निर्णायक हुने देखिएको हो । […]

  • ३ years अगाडि
बालाजु र सोह्रखुट्टेका डिएसपीलाई कारबाही सिफारिस
बालाजु र सोह्रखुट्टेका डिएसपीलाई कारबाही सिफारिस

काठमाडौं । गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको आगजनी र लुटपाट गरेका दुई वृत्तका डिएसपीको कमजोरी देखिएको छ । डिआइजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै कारबाही सिफारिस गरेको हो । बालाजु वृत्त र सोेह्रखुट्टे वृत्तका डिएसपीमाथि कारबाही सिफारिस भएको हो । बालाजु वृत्तका डिएसपी रबिन बिष्टलाई भोलिपल्टै जिम्मेवारीबाट हटाइएको छ । सोह्रखुट्टेका […]

  • ३ years अगाडि
१२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री
१२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् । सोमवार दिउँसो पोखराको लेखनाथमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहमतिमा जोड दिए । प्रदेश […]

  • ३ years अगाडि
राष्ट्रपति निर्वाचन : को–को छन् चर्चामा ?
राष्ट्रपति निर्वाचन : को–को छन् चर्चामा ?

आयोगको कार्यतालिका अनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति पदका लागि फागुन २५ गते निर्वाचनको मिति तय गरेको छ। आयोगको कार्यतालिका अनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्। राष्ट्रपतिका लागि आआफ्ना रणनीतिमा दलहरू […]

  • ३ years अगाडि
माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड-माधव नेपालको भेट
माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड-माधव नेपालको भेट

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा भएको वार्तामा राष्ट्रपति निर्वाचन, भावी रणनीतीका विषयमा छलफल भएको थियो। बैठकमा प्रचण्डले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन गर्ने विषयमा छलफल भएको छ।

  • ३ years अगाडि
सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकार मात्र नभएर अनिवार्य विषय हो : प्रचण्ड
सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकार मात्र नभएर अनिवार्य विषय हो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य र अपरिहार्य विषय बनिसकेको बताएका छन्। राससको बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सूचना प्रविधिको तीव्र र द्रूत विकासले सञ्चार जगतलाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको बताएका हुन्। ‘आजको युग विज्ञान प्रविधि र त्यसमा पनि मुख्यतः […]

  • ३ years अगाडि