गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा सचिव र मन्त्रीलाई १७ बुँदे निर्देशन
गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा सचिव र मन्त्रीलाई १७ बुँदे निर्देशन

 : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका मन्त्री, मुख्य सचिव र सचिवलाई १५ बुँदे निर्देशन दिएका छन्। सरकारले पूर्णता पाएसँगै प्रदेशको समुन्नति र समृद्धिको जिम्मेवारी सरकारको काँधमा आएको बताउँदै उनले मन्त्रिपरिषद् र सचिव जनताप्रति तथा मन्त्रीहरू मुख्यमन्त्रीप्रति उत्तरदायी हुनाले लोकतान्त्रिक परम्पराअनुसार अगाडि बढ्न सकिने निर्देशनमा उल्लेख गरिएको छ। सरकारका व्यवहार, शैली, आचरण, कार्यसम्पादनसहित प्रत्येक […]

  • ३ years अगाडि
गण्डकी सरकारले पूर्णता पाउँदै, जसपा असन्तुष्ट
गण्डकी सरकारले पूर्णता पाउँदै, जसपा असन्तुष्ट

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार गठन भएको ४२ दिनपछि आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदैछन् । जेठ २९ गते मुख्यमन्त्रीको शपथ लिएका पोखरेलले मन्त्रिपरिषद्मा सामेल गरेका चार मन्त्रीलाई ३० दिनपछि मन्त्रालयको जिम्मेवारी दिएका थिए । आज थप ६ जनालाई मन्त्रिपरिषद्मा सामेल गरी मन्त्रालयलाई पूर्णता दिन लागेका हुन् । सत्ता साझेदार प्रमुख दल माओवादी केन्द्रले […]

  • ३ years अगाडि
पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषद्को निर्णय
पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषद्को निर्णय

पोखरा- गण्डकीका पूर्वमुख्यमन्त्रीले राज्यकोषबाट सुविधा पाउने भएका छन् । गण्डकी प्रदेशको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको हो । यसको लागि ऐन नै ल्याइने सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए ।आइतबार नै बसेको मन्त्रीपरिषद बैठकले खड्कालाई सरकारको प्रवक्ता तोकेको थियो । हिजो मात्रै गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निवर्तमान बनेका छन् भने […]

  • ३ years अगाडि
गण्डकीमा एमाले सरकार ढल्नुमा प्रधानमन्त्री ओलीको कार्यशैली जिम्मेवार – निवर्तमान मुख्यमन्त्री गुरुङ
गण्डकीमा एमाले सरकार ढल्नुमा प्रधानमन्त्री ओलीको कार्यशैली जिम्मेवार – निवर्तमान मुख्यमन्त्री गुरुङ

काठमाडौं । नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण एमाले विभाजन भइसकेको आरोप लाग्दै आएको छ। नेपाल समूहलाई विश्वासमा लिन नसक्नु तथा प्रधानमन्त्री अ‍ोलीको स्वेच्छाचारी कदमका कारण एमालेको जनमत घट्दै गएको टिप्पणी ओली समूहकै नेताहरुले गर्न थालेका छन्। देशमा जुनसुकै क्षेत्रमा पछिल्लो समय भएका चुनावमा ओली पक्षले लगातार हार बेहोरेपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष […]

  • ३ years अगाडि
बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी
बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी

काठमाण्डौ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको दाबी परेको छ । उहाँले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी गर्दै प्रदेश प्रमुख कार्यलयमा दाबी पत्र दर्ता गर्नुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर उहाँले बहुमत सांसद आफूहरूसँग भएको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो […]

  • ३ years अगाडि
गण्डकी प्रदेशमा पुन: नियुक्त मुख्यमन्त्री गुरुङले लिए शपथ
गण्डकी प्रदेशमा पुन: नियुक्त मुख्यमन्त्री गुरुङले लिए शपथ

पोखरा – गण्डकी प्रदेशमा पुन: नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । एमालेका संसदीय दलका नेता गुरुङ प्रदेशसभामा ठूलो दलको हैसियतमा बुधबार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मतदान हुनेभन्दा एक दिन […]

  • ३ years अगाडि
गण्डकी प्रदेश सभा सदस्य थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो
गण्डकी प्रदेश सभा सदस्य थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । जनमोर्चाका महासचिव मनोज भट्टले  थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद् सचिवालयलाई जानकारी दिएको उनले जानकारी दिएका हुन् । सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि […]

  • ३ years अगाडि
गण्डकीमा जनमोर्चा संसदीय दलका नेतालाई फेसबुकबाटै सचेतक पियारीको ह्वीप
गण्डकीमा जनमोर्चा संसदीय दलका नेतालाई फेसबुकबाटै सचेतक पियारीको ह्वीप

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ३ दलीय गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेको छ । दलकी सचेतक पियारी थापाले माओवादी–कांग्रेस–जसपाको गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेकी हुन् । ‘प्रदेश सभामा प्रतिनिधित्व गर्ने पार्टीहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जसपाका ३१ जना प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पदका लागि माननीय कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा […]

  • ३ years अगाडि
यसरी बन्दैछ गण्डकी प्रदेशमा नयाँ सरकार
यसरी बन्दैछ गण्डकी प्रदेशमा नयाँ सरकार

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा बुझाएका हुन् । आफूविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वास प्रस्तावउपर सोमबार मतदान हुने कार्यसूची रहेको बेला उनले पदबाट राजीनामा दिए । राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्दै […]

  • ३ years अगाडि
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले किन दिए राजीनामा ?
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले किन दिए राजीनामा ?

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको प्रष्टीकरण दिएका छन्। ‘देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रमार्फत निर्वाचनमा गएका दलहरुबाट समेत असहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले प्रदेश प्रमुखसमक्ष आजैका मितिदेखि लागु हुनेगरी आफ्नो पदबाट […]

  • ३ years अगाडि