• होमपेज
  • गण्डकीमा एमाले सरकार ढल्नुमा प्रधानमन्त्री ओलीको कार्यशैली जिम्मेवार – निवर्तमान मुख्यमन्त्री गुरुङ
Breaking News

गण्डकीमा एमाले सरकार ढल्नुमा प्रधानमन्त्री ओलीको कार्यशैली जिम्मेवार – निवर्तमान मुख्यमन्त्री गुरुङ

काठमाडौं । नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण एमाले विभाजन भइसकेको आरोप लाग्दै आएको छ।

नेपाल समूहलाई विश्वासमा लिन नसक्नु तथा प्रधानमन्त्री अ‍ोलीको स्वेच्छाचारी कदमका कारण एमालेको जनमत घट्दै गएको टिप्पणी ओली समूहकै नेताहरुले गर्न थालेका छन्।

विज्ञापन

देशमा जुनसुकै क्षेत्रमा पछिल्लो समय भएका चुनावमा ओली पक्षले लगातार हार बेहोरेपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष अ‍ोली दबाबमा परेका हुन।

यसैबीच, एमाले गण्डकी प्रदेशका संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि गण्डकीमा आफ्नो ढल्नुमा दोषी प्रधानमन्त्री केपी शर्मा ओली नै जिम्मेवार रहेको बताएका छन्।

आइतबार मुख्यमन्त्री निवास छोड्नुअघि पत्रकारसँग कुराकानी गर्दै उनले
प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको भन्दै आफूलाई करेक्सन गर्नुपर्ने बेला आएको बताए।

साथै उनले अहिले बनेको गठबन्धन पूर्व र पश्चिमबाट मिलेर बनेकाले त्यसको आयु लामो नभएको दावीसमेत गरे।

उनले आफ्नो सरकारले ल्याएको बहुवर्षीय योजना समयमै सक्ने विषयमा अहिलेको सरकारको ध्यान जानुपर्ने सुझावसमेत दिए।

बिहिबार सदनमा विश्वासको मत लिँदा जम्मा २७ मत पाएपछि मुख्यमन्त्री गुरुङको सरकार ढलेको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook