• होमपेज
  • कांग्रेस केन्द्रीय समितिको निर्णय :
Breaking News

कांग्रेस केन्द्रीय समितिको निर्णय :

नेकपाको विवादमा नफस्ने, सरकारमा सहभागि असम्भव

असार २२, काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकले सत्तारुढ दल नेकपाभित्रको आन्तरीक कलहमा प्रवेश नगर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दललाई नेकपा र सरकारको विवादमा ल्याईनु लागि निरुपेक्ष भएको धारणा कांग्रेसले अघि सारेको हो ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले अहिलेको अवस्थामा सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने बिषय नेकपाको आन्तरिक बिषय भएको भन्दै यसमा सहभागी हुन नहुने तर्क गरेका थिए ।

केन्द्रिय समिति बैठकबारे जानकारी दिदै प्रवक्ता बिश्वप्रकाश शर्माले काँग्रेसलाई जनताले दिएको म्याण्डेट अनुसार प्रतिपक्षमै रहने स्पष्ट पारेका हुन् । अहिले कुनै पनि बाहनामा कांग्रेस सरकारमा सामेल नहुने उनको भनाई छ । प्रवक्ता शर्माले नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी शर्मा ओलीसँग सभापती शेरबहादुर देउवाबिच भेटवार्ता भईरहे पनि ति सबै सत्ता राजनीतिका लागि निरर्थक हुने शर्माले बताए ।

विज्ञापन

कांग्रेसलाई सरकारमा सहभागि हुन प्रधानमन्त्रीले आग्रह गरेको भन्ने विषयमा शर्माले रमाइलो लागेको भन्दै व्यङ्ग्य गरे । कांग्रेस प्रतिपक्षीमा बसेर सरकारलाई आवश्यक सुझावमात्र दिइने र सरकार परिवर्तनको बिषयमा कांग्रेसलाई कुनै सरोकार नै नभएको शर्माले बताए ।

करीव एकसातासम्म चलेको केन्द्रिय समिति बैठकमा सदस्यहरुले सरकार असफल भएको धारणा राखेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणमा असफल हुनु, सत्ता राजनीतिमा केन्द्रित हुनु, प्रधानमन्त्रीले सनकको भरमा प्रमुख प्रतिपक्षसँग परामर्श नगरी संसदको अधिवेशन अन्त्य गर्नुले नैतिकता गुमाएको कांग्रेसको ठहर छ । त्यसैगरी सरकार तथा नेकपाले राष्ट्रपतिलाई बिवादमा ल्याउने काम गरेको कांग्रेसको आरोप छ । यस्ता कारणहरुले वर्तमान सरकारले नैतिकता गुमाएको कांग्रेसले जनाएको छ ।

असार १६ गतेदेखि बसेको केन्द्रिय समिति बैठक आज सकिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook