हाम्रो बारेमा

हामी के हौं ?

 नेपाली जनताले गरेका दशकौंदेखिको संघर्ष, त्याग तथा नेपाल आमाका हजारौं सन्तानको बलिदानको बदलामा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल राष्ट्र पाएका छौँ । यो परिवर्तनको रक्षा र नेपाल र नेपाली नागरिकको भलोका लागि अहोरात्र संघर्ष गर्न हामी तयार छौं ।
राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्ध्दनप्रति हामी समर्पित छौं ।

हामी के गर्छौं ?

द्रुत खबर  सुन्दर नेपाललाई शान्त, सभ्य र समृद्धसमेत बनाउन अनि हँसिलो जाति नेपालीको जीवनमा खुशीयाली थप्न चाहन्छ ।
जनमानसमा सामान्यतया के छाप छ भने पत्रकारहरु नराम्रा विषयका, बेथितिका, भ्रष्टाचारका, बिग्रेका, भत्केका, मरेका, लथालिंग र भताभुंग भएका मात्र समाचार लेख्छन्, राम्रो कामको समाचार नै लेख्दैनन् । तर द्रुत खबरले त्यस्तो गर्दैन । । राम्रो काम सफलतापूर्वक सम्पन्न गर्नेलाई विजयको रातो अविर लगाइदिन्छौं । हो, कसैले नराम्रो काम गर्छ वा समाजमा नराम्रा घटना भएका छन् भने हामी बिना हिच्किचाहट रातो चिन्ह पनि लगाइदिन्छौं ।

प्रलोभनमा परेर नराम्रोलाई राम्रो र पूर्वाग्रह राखेर राम्रोलाई नराम्रो भन्दैनौं हामी । जो कसैले गरेको भएपनि राम्रो कामलाई राम्रो भन्छौं अनि जो कसैले गरेको किन नहोस्, नराम्रो काम छ भने नराम्रो नै भन्छौं । पेशाप्रतिको निष्ठाका कारण जे, जे हो त्यो भन्ने नैतिक बल हामीसँग छ ।
हामीलाई थाहा छ , नागरिकको पनि कर्तव्य हुन्छ र राष्ट्रप्रमुखको पनि अधिकार हुन्छ । हाम्रो मुख्य दायित्व भने आवाज विहीन आमनागरिकको हक-अधिकारको रक्षा गर्नु र सार्वजनिक ओहोदाधारी वडा सदस्यदेखि प्रधानमन्त्री एवम् राष्ट्रपतिसम्मलाई आआफ्नो कर्तव्यप्रति सजग, सक्रिय र जिम्मेवार तुल्याउनु हो । नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् कि निजामती कर्मचारी, आआफ्नो कर्तव्य र जिम्मेवारीमा- मुलुकको सुरक्षा गर्न, समाजमा अमनचयन राख्न, नागरिकलाई सेवा प्रदान गर्न, विकास निर्माण तीब्र पार्न- इमान र लगनका साथ क्रियाशील हुन नचुकुन् भन्ने हाम्रो अभिप्राय हुनेछ ।

निजी क्षेत्रका गतिविधिमाथि पनि हामी निरन्तर निगरानी गर्छौं । भुइंफुट्टा वर्गको ज्यादतीबाट भुइँमान्छेलाई जोगाउनु हाम्रो अहिलेको चुनौतीपूर्ण जिम्मेवारी हो ।

पत्रकारिताको प्रमुख हतियार हो प्रश्न । हामी पनि प्रश्न गरेरै जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको सांगोपांगो जवाफ खोज्छौं । के भयो मात्र हैन, तिनको पृष्ठभूमि र तिनबारे विश्लेषण प्रस्तुत गरी अब के हुँदैछ भन्ने आँकलन पनि गर्छौं हामी ।
त्यसैले पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको आडमा काम गर्नेछौं |

हामी को हौं ?

गणेश पौडेलको सम्पादनमा पर्वत आवाज प्रा.लि.द्वारा (द्रुत खबर) संचालित अनलाईन पत्रिका हो  । गणेश पौडेल यसका सम्पादक तथा अध्यक्ष  १४ माघ, २०७७ देखि  रहेका छन् ।

हामी के चाहन्छौं ?

तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै drutakhabar.com लगइन गरेर वा  Twitter, Facebook, YouTube लगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ ।

गणेश पौडेल

गणेश पौडेल

सम्पादक

कमला शर्मा

कमला शर्मा

सम्वाददाता

लक्ष्मी पौडेल

लक्ष्मी पौडेल

सम्बाददाता

वसन्त पौडेल

वसन्त पौडेल

सम्बाददाता

कमला के.सी.

कमला के.सी.

सहसम्पादक