पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन
पर्वत जिल्लामा रहेका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी आँकलन गरिएको छ । उत्पादन गरिएको सुन्तलाको उचित मूल्य मिलेसँगै अधिकांश व्यावसायिक कृषक हर्षित छन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला पकेट क्षेत्रहरु बासखर्क र दक्षिणी भेगका पाङराङसहितका कुर्घा, लिमीठाना, भेडाबारी, थापाठाना, भंगरा साथै बाच्छासँगैका खोरियाखर्क, चण्डीस्थान, उपल्लो गाउँ, सिउरासलगायतका स्थानका [...]