• होमपेज
  • कोभिड-१९काे महामारीपछि पहिलो टोलीले पायो हिमाल आरोहण अनुमति
कुश्मा नगरपालिका

कोभिड-१९काे महामारीपछि पहिलो टोलीले पायो हिमाल आरोहण अनुमति

१९ भदौ, काठमाडौं । कोरोना महामारी शुरु भएयता पर्यटकीय गतिविधि ठप्प छन् । तर, सरकारले शरद ऋतुका लागि पर्यटकीय गतिविधि भने खुला गरेको छ ।

यसै सन्दर्भमा कोभिड पछि पहिलो हिमाल आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागले ६ जनाको नेपाली टोलीलाई बरून्चे हिमाल (७१२९ मिटर) आरोहणको अनुमति जारी गरेको छ । यो कोरोनायताकै पहिलो औपचारिक आरोहण अनुमति हो । टोलीलाई पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले शुक्रबार आरोहण अनुमति प्रदान गरेका छन् ।

विज्ञापन

यसअघि सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई हिमाल आरोहण गर्न नेपाल आउने अनुमति दिएको थियो । यद्यपि यो टोलीले आरोहण अनुमति भने लिइसकेको छैन । आज अनुमति लिएको ६ जनाको टोलीको नेतृत्व दावा स्टेभन शेर्पाले गर्ने भएका छन् ।

पर्यटन विभागका अनुसार अब हिमाल आरोहण गर्न जान चाहने नेपाली वा विदेशी नागरिकले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गरी आरोहणमा जान सक्नेछन् ।

त्यसका लागि विभाग स्वयमले सहजीकरण समेत गर्नेछ । कोरोनापछि शून्यमा रहेको पर्यटनलाई माथि उकास्न पर्वतारोण र पदयात्राले बढी सहयोग गर्ने अपेक्षा सरोकारवालालाले लिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook