पर्वत, कुश्मा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुश्मा नगरपालिका समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रमेश कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पार्वती लामिछाने, सचिवमा केशब शर्मा लामिछाने तथा सहसचिवमा चन्द्रकान्त पौडेल निर्वाचित भएका छन्।
विज्ञापन
त्यसैगरी सदस्यहरूमा इश्वरी प्रसाद लामिछाने, सिर्जना परियार, राजेश गिरी, कोपिला रेग्मी सापकोटा, केशव प्रसाद रेग्मी, रामकृषण पौडेल, मिन बहादुर शाहि, रेश्मी प्रसाद शर्मा र कमल कार्की निर्वाचित भएका छन्। अधिबेशनले निर्मल गौतमलाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।
अधिवेशनमा पार्टीका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। नवनिर्वाचित समितिले कुश्मा नगरपालिकाभित्र पार्टी संगठन विस्तार, जनसरोकारका विषय उठान तथा सुशासन, पारदर्शिता र उत्तरदायित्वका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रियाहरु