• होमपेज
  • पर्वतमा युवाको अराजक अभिव्यक्ति : हतियार देखाएर ‘एक–एकलाई देखाइदिन्छु’ भन्ने चेतावनी, प्रहरी किन मौन ?
गण्डकी प्रदेश

पर्वतमा युवाको अराजक अभिव्यक्ति : हतियार देखाएर ‘एक–एकलाई देखाइदिन्छु’ भन्ने चेतावनी, प्रहरी किन मौन ?

पर्वत। पर्वतको शिवालय चोक नजिक केही समयअघि एक स्थानीय युवाले सार्वजनिक रूपमा दिएको आक्रामक अभिव्यक्तिले जिल्लाको शान्ति सुरक्षा र प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

स्थानीय संविधान गिरी नामका युवाले सार्वजनिक स्थानमा प्रस्तुत गरेको व्यवहार र अभिव्यक्ति अहिले चर्चाको विषय बनेको छ। सार्वजनिक भएको भिडियोमा उनले आफूसँग हतियार रहेको दाबी गर्दै ‘एक–एकलाई देखाइदिने’ आशयको धम्कीपूर्ण अभिव्यक्ति दिएको सुनिन्छ।

विज्ञापन

सार्वजनिक स्थानमा यसरी हतियारको धाक देखाउने र अन्य व्यक्तिलाई लक्षित गरी धम्कीपूर्ण भाषा प्रयोग गर्ने प्रवृत्तिले सर्वसाधारणमा त्रास सिर्जना गर्न सक्ने देखिन्छ। यस्तो गतिविधिले सामाजिक सद्भाव र सार्वजनिक सुरक्षामाथि समेत चुनौती खडा गरेको छ।

अझ चिन्ताको विषय, ती युवाले आफूलाई राज्य शक्तिको समेत संरक्षण रहेको बताउँदै आएको चर्चा छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक रहेको बताइन्छ। तर कुनै राजनीतिक दलप्रतिको समर्थन वा निकटताका आधारमा कसैले पनि कानुनभन्दा माथि रहेको अनुभूति गर्न पाउने अवस्था लोकतान्त्रिक व्यवस्थाका लागि स्वीकार्य हुन सक्दैन।

घटनासँग सम्बन्धित भिडियो सार्वजनिक हुँदा पनि प्रहरी प्रशासनले के कदम चालेको छ भन्ने विषयमा प्रश्न उठेको छ। यदि यस्ता धम्कीपूर्ण अभिव्यक्ति र हतियारको दाबीलाई बेवास्ता गरिएको हो भने त्यसले प्रहरीको निष्पक्षता र जवाफदेहितामाथि प्रश्न खडा गर्छ।

कानुन सबैका लागि समान हुनुपर्छ। राजनीतिक पहुँच, शक्ति वा संरक्षणको दाबीका आधारमा कसैले पनि सार्वजनिक शान्ति खल्बल्याउने छुट पाउनु हुँदैन।

प्रहरी प्रशासनले घटनाको सत्यतथ्य छानबिन गरी हतियार भए–नभएको यकिन गर्न, धम्कीपूर्ण अभिव्यक्तिको कानुनी पक्षबारे अनुसन्धान गर्न र आवश्यक कारबाहीबारे सार्वजनिक जानकारी दिन आवश्यक छ। हेर्नुहोस भिडियो ! भिडियो स्रोत सामाजिक सन्जाल ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै