कुस्मा, पर्वत । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कुस्मा नगर समिति महिला विभागको आयोजनामा हरितालिका तीज–२०८३ को अवसरमा ‘कृत्रिम बुद्धिमता : अवसर र चुनौती’ विषयक अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
कुश्मा नगरपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा नारायण माध्यमिक विद्यालयकी छात्रा इसिका पुरी प्रथम भएकी छन्। त्यस्तै काफलचौर माध्यमिक विद्यालयका छात्र खुशीमान गिरी द्वितीय, नमुना आवासीय माध्यमिक विद्यालयकी छात्रा सजता गिरी तृतीय तथा कालीगण्डकी आवासीय माध्यमिक विद्यालयका छात्र सुयोग श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका छन्।
विज्ञापन
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति उपाध्यक्ष गङ्गा कुमारी क्षेत्रीले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमता, आत्मविश्वास र व्यक्तित्व विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।
नगर समिति उपाध्यक्ष देवीकुमारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सरस्वती शर्माले गर्नुभएको थियो। प्रतियोगिताको मूल्याङ्कनकर्तामा कृष्णराज पौडेल, कमल शर्मा तिमिल्सिना र हिरादेवी गौतम रहनुभएको थियो।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेश सदस्य इन्द्रप्रसाद शर्मा, जिल्ला समितिका सचिव देवेन्द्र पौडेललगायतको सहभागिता रहेको नगर अध्यक्ष झलक प्रसाद पौडेलले दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु