• होमपेज
  • पर्वतको ठूलीपोखरीमा भोलिदेखि ३ दिने बृहत् स्वास्थ्य शिबिर संचालन हुने
कुश्मा नगरपालिका

पर्वतको ठूलीपोखरीमा भोलिदेखि ३ दिने बृहत् स्वास्थ्य शिबिर संचालन हुने

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ ।

निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने शिविरको सवैजसो तयारी पुरा भएको वडा नं. १२ का वडा अध्यक्ष झलक रिमालले जानकारी दिनुभयो । शिविर संचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रयालयसँगको समन्वय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश, पर्वत अस्पताल र स्वास्थ्य कार्यालयको सहयोग रहेको छ । फागुन २१, २२ र २३ गते गरी तीन दिन सम्म संचालन हुने शिविरको व्यवस्थापनको कार्य सम्पन्न भएको वडा अध्यक्ष रिमालले जानकारी दिनुभयो ।

विज्ञापन

शिविरका लागि निजामती कर्मचारी अस्पतालवाट विषेशज्ञ चिकित्सक सहितको झण्डै ५० जनाको मेडिकल टिम आजै साँझ ठुलीपोखरी आईपुग्ने भएको छ । शिविरको आइतवार विहान ९ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शिविरको पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शिविरको सवैजसो संयोजक वडा अध्यक्ष रिमालले गर्नुभएको हो ।
शिविरमा प्रसुती तथा स्त्री रोग सेवा, हाडजोर्नी तथा नशा रोग, फिजिशियन सेवा, फेमिली मेडिशिन सेवा, यौन तथा चर्मरोग, फिजियोथेरापी, जेनेरल सर्जरी सेवा संचालन गरिने भएको छ । त्यसैगरी दन्त रोग, एक्सरे, भिडियो एक्सरे, इसिजी, बालरोग, रगत जाँच, मोनोरोग, नाक, कान घाँटी लगायतका समस्याको विशेषज्ञ डाक्टरहरुद्धारा उपचार गरिने निजामती कर्मचारी अस्पताल काठमाण्डौले जनाएको छ ।

शिविरमा सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा तत्काल गरिने र थप उपचार गर्नुपर्ने भएमा सिभिल अस्पताल काठमाण्डौमा रिफर गरि निशुल्क उपचार गर्ने व्यवस्था समेत मिलाईएको छ ।

आर्थिक अभावका कारण लामो समयदेखि विभिन्न रोग लुकाएर बसेका विपन्न नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै शिविर संचालन गर्न थालिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभएको छ । शिविरमा पर्वत जिल्लाका विभिन्न पालिकाका साथै छिमेकी जिल्ला स्याङ्जाका नागरिकहरुले समेत सेवा लिन सक्ने भएका छन् । शिविरमा उपचारका लागि आउने बिरामीहरुलाई आवश्यक सवैजसो औषधी पनि निशुल्क वितरण गरिने भएको छ ।
राजधानीका सुविधासम्पन्न निजामती कर्मचारी अस्पतालमा हुने सवैखालका रोगहरुको पहिचान, उपचार तथा सामान्य शल्यक्रिया सेवा समेत शिविरमा संचालन हुने भएकाले बढि भन्दा बढि नागरिकहरुले सहभागिता जनाएर स्वास्थ्य परिक्षण गराउन नगरप्रमुख जोशीले आग्रह गर्नुभएको छ । घर गाउँमै यति धेरै विशेषज्ञ सेवा सहितको उपचार सेवा नपाईने भएकाले पनि बालबालिका, युवा, युवती, गर्भवती, महिला, बृद्ध बृद्धाहरुलाई निःशुल्क उपचार सेवा लिन आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook