• होमपेज
  • राष्ट्रपति भण्डारी पर्वतको जलजला आउँदै
Breaking News

राष्ट्रपति भण्डारी पर्वतको जलजला आउँदै

पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार पर्वतको जलजला गाउँपालिकाको माझफाँट आउनुहुने भएको छ ।

जलजला गाउँपालिकाको वडा नं. ३ माझफाँटमा रहेको घर्ती क्षेत्री समुदायको कुल मन्दिरको उद्घाटन गर्न आउन लाग्नुभएको हो । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बराहताल परिसरमा रहेको कुल मन्दिर उद्घाटन साथै पर्वतको सवैभन्दा उच्च स्थानमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल हम्पालको लेकको पनि अवलोकन गर्नुहुने कार्यक्रम रहेको पर्वतका प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो ।

विज्ञापन

राष्ट्रपतिको भ्रमणले जलजला, हम्पाल र बराहतालको धार्मिक पर्यटन विकास तथा प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रपति भण्डारी आउने भएपछि बराह क्षेत्रमा आवश्यक सवैखालका व्यवस्थापन गरिएको उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारी बुधवार १० बजे आइपुग्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति सँगै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाल सरकारका मुख्य सचिब शंकरदास बैरागी पनि आउनुहुने प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताउनुभयो । उहाँले राष्ट्रपति आउने कार्यक्रमको सुरक्षा व्यस्थापनलाई चुस्त र प्रभावकारी बनाईएको जानकारी दिनुभयो । जलजला क्षेत्रमा तीनै तहका सुरक्षा निकायलाई व्यवस्थापन गरिएको छ ।

‘हम्पाल क्षेत्रमा सुरक्षा व्यवस्थापन गर्न नसकिने भएकाले हेलीमार्फत अवलोकन गर्ने र कुल मन्दिर उद्घाटन तथा बराह दर्शन गर्नुहुने गरि सुरक्षा व्यवस्थापन मिलाएका छौं’– बरालले भन्नुभयो ।

समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा अवस्थित बराह मन्दिरको दर्शन र ३ हजार मिटरको उचाईमा रहेको हम्पालको लेकको अवलोकनमा राष्ट्रपति सरिक हुनुहुने भएको छ । करीब तीन मिटर गहिरो र तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको बराहतालको विकास र प्रवद्र्धनका लागि स्थानीय समुदायले पहल गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook