• होमपेज
  • राष्ट्रपति निर्वाचनमा कसको मतभार कति ?
Breaking News

राष्ट्रपति निर्वाचनमा कसको मतभार कति ?

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका सदस्यहरू मतदाता हुने कानूनी व्यवस्था छ । सोअनुसार माओवादी केन्द्र निर्णायक दल बनेको छ ।

निर्वाचन आयोगले तयार पारेको दलहरूको प्रतिनिधि संख्या र मतभार हेर्दा प्रतिनिधि सभामा ३२, राष्ट्रिय सभामा १६ र सातै प्रदेशमा गरी ८२ सिट भएको माओवादी केन्द्र निर्णायक हुने देखिएको हो ।

विज्ञापन

प्रतिनिधि सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका ८९ जना सदस्यको मतभार ७ हजार ३१ हुन आउँछ । त्यसैगरी नेकपा एकीकृत समाजवादी (नेकपा एस) का १० जना सदस्यको मतभार ७९० हुनेछ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को ३१६, नागरिक उन्मुक्ति पार्टी (नाउपा) को २३७, राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) मा एकएकजना सदस्यको गरी १५८ मतभार हुन आउँछ। यी सरकारबाहिर रहेका दलहरू हुन् ।

स्वतन्त्रमा पाँचजना सांसद छन् । उनीहरूको मतभार ३९५ हुन आउँछ । स्वतन्त्र सांसद राष्ट्रपतिको सत्ता गठबन्धन वा प्रमुख विपक्षी दलका उम्मेदवारलाई मत दिने भन्ने विषयमा खुलेका छैनन् ।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का १२ जना सदस्यमा रहेका र यस बराबरको ९४८ मतभार कुन उम्मेदवारको पक्षमा जान्छ भन्ने पनि खुलेको छैन ।

सत्ता गठबन्धन दलबीच पनि राष्ट्रपतिको विषयमा साझा उम्मेदवार तय गर्ने वा नगर्ने भन्ने निक्र्योल भइसकेको छैन । यसकारण पनि माओवादी केन्द्रको मत निर्णायक हुने देखिएको हो ।

प्रतिनिधि सभाको मतभार मात्रै हेर्दा गठबन्धनमा रहेका नेकपा एमालेको ६ हजार १६२, माओवादी केन्द्रको २ हजार ५२८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १ हजार १०६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १ हजार ५८० मतभार रहेको छ । यी दलहरूको प्रतिनिधिसभामा मात्रै ११ हजार ८५० मतभार हुन आउँछ ।

यी बाहेक अन्य सबै दलको मतभार हेर्दा ९ हजार ८७५ हुन आउँछ । त्यसैगरी राष्ट्रिय सभामा एमालेको १ हजार ३४३ मतभार, माओवादी केन्द्रको १ हजार २६४, नेकपा एसको ६३२, जसपाको २३७, लोसपाको ७९, राजमोको ७९, वामदेव गौतमको ७९, जसपाको २३७ र कांग्रेसको ८६९ मतभार छ ।

गौतम कुनै पनि दलमा नखुलेका कारण राष्ट्रिय सभामा उनको नाम मात्र लेखिएको छ । त्यस्तै प्रदेशका सदस्यको एक जना बराबर ४८ मतभार तोकिएको छ ।

प्रदेश १ मा एमालेको १ हजार ९२०, कांग्रेसको १ हजार ३९२, माओवादी केन्द्रको ६२४, नेकपा एसको १९२, राप्रपाको २८८, जसपाको ४८ मतभार रहेको छ । मधेस प्रदेशमा एमालेको १ हजार १०४, कांग्रेसको १ हजार ५६, माओवादी केन्द्रको ३८४, जसपाको ७६८, राप्रपाको ४८, नाउपाको ४८, लोसपाको ४३२, जनमतको ४२४, नेपाल संघीय समाजवादीको ४८, स्वतन्त्रको २८८ मतभार रहेको छ ।

बागमतीमा एमालेको १ हजार २९६, कांग्रेसको १ हजार ७७६, माओवादी केन्द्रको १ हजार ८, नेकपा एसको ३३६, राप्रपाको ६२४, नेमकिपाको १४४, हाम्रो नेपाली पार्टीको ९६ मतभार कायम छ ।

त्यसैगरी गण्डकी प्रदेशमा कांग्रेसको १ हजार २९६, एमालेको १ हजार ५६, माओवादी केन्द्रको ३३६, नेकपा एसको ४८, राप्रपाको ९६, स्वतन्त्रको ४८ मतभार छ ।

लुम्बिनीमा एमालेको १ हजार ३९२, कांग्रेसको १ हजार २९६, माओवादी केन्द्रको ४३२, नेकपा एसको ४८, राप्रपाको १९२, जसपाको १४४, नाउपाको १९२, लोसपाको १४४, जनमतको १४४, राजमोको ४८, स्वतन्त्रको १४४ मतभार छ ।

कर्णालीमा एमालेका ४८०, कांग्रेसको ६७२, माओवादी केन्द्रको ६२४, नेकपा एसको ४८, राप्रपाको ४८, स्वतन्त्रको ४८ मतभार छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसको ९१२, एमालेको ४८०, माओवादी केन्द्रको ५२८, नेकपा एसको १९२, राप्रपाको ४८, नाउपाको ३३६, स्वतन्त्रको ४८ मतभार कायम रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook