• होमपेज
  • पर्वतको विहादीमा तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना
गण्डकी प्रदेश

पर्वतको विहादीमा तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना

पर्वत- पर्वतको विहादी गाउँपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
ग्रामीण क्षेत्रमा रहेका विपन्न तथा असहाय नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी फागुन १२ गतेदेखि १४ गतेसम्म शिविरको आयोजना गरिएको हो ।

गाउँपालिकाका ६ वटै वडाका नागरिकलाई पायक पर्नेगरी शिविर संचालन गर्न थालिएको उपाध्यक्ष मिना शर्मा तिवारीले जानकारी दिनुभयो । नेलम्वो नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा विहादी गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टरसहितको शिविर आयोजना गरिएको हो ।

विज्ञापन

तिवारीका अनुसार वहाँकी ठाँटी स्वास्थ्य चौकीमा संचालन गरिने शिविरमा पहिलो दिन १२ गते वहाँकीठाँटी र शालिग्रामका बिरामीको परिक्षण गरिने भएको छ भने १३ गते बाच्छा र उरामपोखराका विरामीलाई परिक्षणका लागि सुचना जारी गरिएको छ ।

त्यसैगरी फागुन १४ गते बर्राचौर र रानीपानीका बिरामीहरुको परिक्षण गरिने भएको छ । शिविरमा बढि भिडभाड हुने भएकाले व्यवस्थापनका लागि वडा छुट्टाएर बिरामीहरुलाई बोलाईएको हो ।

शिविरमा मुटु, क्यान्स, कलेजो, दन्त,आँखा, नाक, कान घाँटी, छाला, स्त्री तथा प्रसुती लगायत सुगर र प्रेसरका बिरामीहरुको विशेषज्ञ चिकित्सकद्धारा परिक्षण गरिने पनि तिवारीले जानकारी दिनुभयो ।

आर्थिक अभावले वा असक्त भएर लामो समयदेखि विभिन्न रोग बल्झाएर बसेका नागरिकहरु शिविरवाट लाभान्वित हुने भएका छन् । यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल नहूँदा जटिल समस्या भएका बिरामीहरु पोखरा, पाल्पा र बुटबल जानुपर्ने बाध्यतामा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook