• होमपेज
  • बालाजु र सोह्रखुट्टेका डिएसपीलाई कारबाही सिफारिस
द्रुत खबर बिशेष

बालाजु र सोह्रखुट्टेका डिएसपीलाई कारबाही सिफारिस

काठमाडौं । गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको आगजनी र लुटपाट गरेका दुई वृत्तका डिएसपीको कमजोरी देखिएको छ । डिआइजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै कारबाही सिफारिस गरेको हो ।

बालाजु वृत्त र सोेह्रखुट्टे वृत्तका डिएसपीमाथि कारबाही सिफारिस भएको हो । बालाजु वृत्तका डिएसपी रबिन बिष्टलाई भोलिपल्टै जिम्मेवारीबाट हटाइएको छ । सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई पनि हटाउने तयारी भइरहेको स्रोत बताउँछ । उनीहरुलाई विभागीय कारबाही समेत हुने भएको छ । विष्ट त यसअघि घुसकाण्डमा कारबाही भोगिसकेका अधिकृत हुन् । डिआइजी खाँ नेतृत्वको टोलीले एआइजी दिवेश लोहनीलाई प्रतिवेदन बुझाउँदै प्रहरी कमजोरी औंल्याएको हो ।

विज्ञापन

गत सोमबार मजदुरको आन्दोलनमा प्रहरीकै भ्यान जलाइएको थियो भने मोबाइल पसलमा लुटपाट भएको थियो । राजधानीमै यस्तो घटना भएकोमा सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको थियो । सो घटनामा ५७ जना पक्राउ परिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook