• होमपेज
  • राष्ट्रपतिको मतदान सकियो, प्रदेशका ३२ र संघीय संसदका १७ सांसद अनुपस्थित
Breaking News

राष्ट्रपतिको मतदान सकियो, प्रदेशका ३२ र संघीय संसदका १७ सांसद अनुपस्थित

राष्ट्रपति चयनका लागि भएको मतदान सकिएको छ । मतदान सकिएसँगै मतगणनाको प्रक्रिया सुरु भएको छ । राष्ट्रपतिका लागि सातै प्रदेशका प्रदेश सांसद र संघीय संसदका दुवै सदनका सांसदहरूले मतदान गरेका छन् ।

प्रतिनिधिसभाका चार सिट खाली रहँदा २७१ र राष्ट्रियसभाका ५९ जना सांसदले मतदान गर्नुपर्नेमा सबै सांसदले मतदान भने गरेनन् । संघीय संसदका ३३० मध्ये ३१३ सांसदले मात्र मतदान गरेका छन् । राप्रपा र नेमकिपाले घोषित रूपमै चुनावमा भाग लिएनन् ।

विज्ञापन

कांग्रेसका सांसद चन्द्र भण्डारी उपचारका लागि भारतमा रहेकाले मतदानमा सहभागी भएनन् । यस्तै, प्रहरीको फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी कोइरीले पनि मतदान गरेनन् । राप्रपाका १४ र नेमकिपाका एक जनाले मतदान गरेनन् ।

यस्तै प्रदेशसभाका ५५० सांसदमध्ये ५१८ जना सांसदले मात्र मतदान गरेका छन् । प्रदेश सांसदको मतभार ४८ हुन्छ भने संघीय सांसदको मतभार ७९ हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook