• होमपेज
  • दक्षिण कोरियामा संयुक्त होलि कार्यक्रमको हुँदै
द्रुत खबर बिशेष

दक्षिण कोरियामा संयुक्त होलि कार्यक्रमको हुँदै

दक्षिण कोरिया  । नेपालीहरुले निकै महत्त्वका साथ मनाउदै आईरहेको फागु पुर्णिमा अर्थात होलि दक्षिण कोरियामा विभिन्न संस्थाहरुको सक्रियतामा संयुक्त रुपमा  मनाउन लागिएको छ ।

विगतका वर्षहरूमा जस्तै  यस वर्ष पनि पाँच “स” दक्षिण कोरियाको प्रमुख आयोजकत्व र कोरियामा रहेका सक्रिय सङ्घ संस्थाहरूको आयोजनामा संयुक्त रूपमा  यही आउँदो मिति सन् २०२३ मार्च ५ तारिखका दिन कोरियाको राजधानी सौलस्थित हान्नाम नदीको किनारको पार्कमा होलि कार्यक्रमको आयोजना गरिएको पाँच स दक्षिण कोरियाका अध्यक्ष नरेश मेहताले जानकारी दिनुभएको छ ।

विज्ञापन

पूर्वीय मौलिक संस्कार संस्कृति र चाडपर्वलाई प्रदेशमा पनि पहिचान गराउने होलि महोत्सव -२०७९  कार्यक्रमको आयोजना गर्न लागिएको  कार्यक्रमको प्रमुख आयोजक पाँच-स दक्षिण कोरियाका एबं आयोजक संस्थाहरूमा  दक्षिण कोरियामा रहेका संस्थाहरु NRNA ख्यङ्गी ईन्छन, स्याङ्जा समाज , नेपाल गोरखा परिवार, राप्ती समाज, मधेसी समाज, वाग्लुङ समाज, आन्सान परिवार दक्षिण कोरिया, तनहुँ समाज दक्षिण कोरिया, उधमशील युवा मञ्च दक्षिण कोरिया, रामेछाप सम्पर्क समिति, सुर्खेत समाज, गण्डकी प्रदेश समाज,बर्दिया समाज मकवानपुर कोरिया मञ्च ,पर्वत समाज रहेका छन भने  सहजकर्ता नेपाल पत्रकार महासंघ द. कोरिया रहेको छ ।

होलि कोरियामा रहेका सम्पूर्ण नेपालीहरूको साझा महोत्सवको रूपमा मनाइने हुँदा दक्षिण कोरियामा बसोबास गर्नुहुने समस्त  व्यावसायि, विधार्थी, पत्रकार,लगायत कोरियाबासि नेपालीहरुमा उपस्थितिको लागी अध्यक्ष मेहताले अनुरोध गर्नुभयो  कार्यक्रमको अन्य जानकारी यसप्रकार दिइएको छ ।

कार्यक्रम स्थान : इछोन स्टेसन, लाइन न.४ गेट नं ४
मिति : सन २०२३ मार्च ५, आइतबर

समय : दिउँसो १२ बजे ( हान्नाम नदीको किनारमा)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook