• होमपेज
  • सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकार मात्र नभएर अनिवार्य विषय हो : प्रचण्ड
Breaking News

सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकार मात्र नभएर अनिवार्य विषय हो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य र अपरिहार्य विषय बनिसकेको बताएका छन्। राससको बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सूचना प्रविधिको तीव्र र द्रूत विकासले सञ्चार जगतलाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको बताएका हुन्।

‘आजको युग विज्ञान प्रविधि र त्यसमा पनि मुख्यतः सूचना प्रविधिको युग हो। पछिल्लो २ दशकमा विश्वमा सूचना प्रविधिको विकास यति तीव्रतामा भएको छ कि सिंगो विश्वले यसलाई चौंथो औद्योगिक क्रान्तिका रूपमा संश्लेषण गर्दैछ। सूचना प्रविधिको यसप्रकारको तीव्र र द्रूत विकासले सञ्चार जगतलाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको छ।’ उनले भने, ‘अब सूचना–प्रविधिभन्दा बाहिर त्यस्तो कुनै विषय र मुद्दा छैन, जसले आफ्नो अस्तित्व अलग रूपमा कायम गर्न सकोस्। यसर्थ, २१ औँ शताब्दीको आजको विश्वमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य र अपरिहार्य विषय बनिसकेको छ। ’

विज्ञापन

उनले नेपालका सञ्चारमाध्यमहरूलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्न आवश्यक भएको धारणा राखे। उनले भने, ‘जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्छ। यही मान्यतालाई आत्मसात् गर्दै नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न राससले पनि आफ्नो सेवालाई थप चुस्तदुरूस्त बनाउन आफ्ना सबै संयन्त्र र क्षमता परिचालन गर्न सकोस् भन्ने मेरो कामना छ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook