• होमपेज
  • प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री : कांग्रेस महामन्त्री शर्मा
Breaking News

प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री : कांग्रेस महामन्त्री शर्मा

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ

महामन्त्री शर्माले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शितलनिवासमा कांग्रेसकै नेतृत्व देखिने दाबी गरेका हुन्।

वीरेन्द्रनगर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले राष्ट्रपति पदमा कांग्रेसकै नेतृत्व हुने दावी गरेका छन्। आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शितलनिवासमा कांग्रेसकै नेतृत्व देखिने दाबी गरेका हुन्।

विज्ञापन

निर्वाचनका समयमा रहेको गठबन्धन बमोजिमकै दलहरुबीच राष्ट्रपति निर्वाचनमा पनि तालमेल हुने उनले दाबी गरे। पुस १० गतेपछि निर्वाचन बेलाकै गठबन्धन व्युँतिने संकेत गर्दै महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पदमा कांग्रेस नै अग्रसर हुनु स्वभाविक रहेको बताए।

गठबन्धन ब्युउँताउन आवश्यक परेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै पाँच वर्ष पूर्ण कार्यकाल कायम राख्ने गरी भएपनि कांग्रेसले सहमति जनाउन सक्ने बताए। उनले कांग्रेसबाट राष्ट्रपति उम्मेदवारीका रुपमा सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, कृष्ण श्रेष्ठ, गोपालमान श्रेष्ठ र मनबहादुर विश्वकर्मासहितको चर्चा भइरहेको बताए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook