पत्रपत्रिका

सम्झौता समय सकियो, प्रगति ४२ प्रतिशत मात्रै
सम्झौता समय सकियो, प्रगति ४२ प्रतिशत मात्रै

पर्वत। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम ठप्प भएपछि पर्वतबाट प्रतिनिधि सभाका सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडकको अनुगमन गर्नुभएको छ । सम्झौता अवधि सकिँदा पनि ४२ प्रतिशत मात्रै कामको प्रगति भएको र सडकको स्तरोन्नति नहुँदा यात्रुहरुले सास्ती बेहोर्नुपरेको गुनासो आएपछि गिरी नेतृत्वमा पर्वतका प्रमुख जिल्ला अधिकारी […]

  • १ year अगाडि
एक सय २० जना डिएसपीको सरुवा
एक सय २० जना डिएसपीको सरुवा

काठमाडौँ, भदौ १६ गते । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले  आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ । सरुवाको सुची हेर्नुस्:

  • १ year अगाडि
ललिता निवास प्रकरणमा माधव नेपालले दिए यस्तो बयान
ललिता निवास प्रकरणमा माधव नेपालले दिए यस्तो बयान

काठमाडौं :पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा लिखिज जवाफ पेश परेका छन्। उनले मन्त्रिपरिषदमा पेस हुने प्रस्ताव कानुन बमोजिम पेस भएको छ भन्ने विश्वासमा निर्णय हुने गरेको उल्लेख गरेका छन्। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोगमा पत्रमा पूर्वप्रधानमन्त्री नेपालले असल मनसायका साथ उक्त […]

  • १ year अगाडि
अनेरास्ववियूको अध्यक्षमा आरती लामा
अनेरास्ववियूको अध्यक्षमा आरती लामा

काठमाडौ । नेकपा एकीकृत समाजवादीनिकट अनरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् । अनेरास्ववियूको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले लामालाई अध्यक्ष चयन गरेको हो । उनी यसअघि महासचिव थिइन् । बैठकले हालका अध्यक्ष सुदेश पराजुलीलाई विदा गरेको छ । यस्तै महासचिवमा महेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

  • १ year अगाडि
वाग्मती नदीमा र्‍याफ्टिङ (तस्वीरहरू)
वाग्मती नदीमा र्‍याफ्टिङ (तस्वीरहरू)

काठमाडौं । वाग्मती नदीमा र्‍याफ्टिङ गराइएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो । नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को संयोजनमा र्‍याफ्टिङ गराइएको हो । दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।

  • १ year अगाडि
मोर्डन पेन्टाथलन फेडेरेशन गण्डकीको अध्यक्षमा अर्याल सर्वसम्मत
मोर्डन पेन्टाथलन फेडेरेशन गण्डकीको अध्यक्षमा अर्याल सर्वसम्मत

पोखरा। मोर्डन पेन्टाथलन फेडेरेशन गण्डकी प्रदेशको अध्यक्षमा कविता अर्याल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी छन् । पोखरामा सोमबार सम्पन्न फेडेरेशनको प्रथम अधिवेशनले अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । त्यसै गरी अधिवेशनले १३ सदस्यिय कार्यसमिति समेत सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष द्वयमा सुष्मा काफ्ले र गणेश पौडेल, महासचिवमा मन नारायण श्रेष्ठ, सचिव द्वयमा शौरभ केसी  […]

  • १ year अगाडि
गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न

कमला केसी, दक्षिण कोरिया । गण्डकी प्रदेश समाज दक्षिण कोरियाले आइतबार अन्तरक्रिया कार्यक्रम सप्पन्न गरेको छ गण्डकी प्रदेश अन्तर्गत रहेका ११ जिल्लाहरुसँग सहकार्य एवं समन्वय गर्दै अगाडी बढिरहेको समाजले सम्पुर्ण जिल्लाका बुद्धिजीवी,सल्लाहकार, बौद्धिक र प्रबुद्ध वर्गको उपस्थितमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष प्रबिण गिरिको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली […]

  • १ year अगाडि
गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रमको तयारी पुरा
गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रमको तयारी पुरा

कमला केसी । गण्डकी प्रदेश समाज दक्षिण कोरियाले भोलि आईतवार गर्न लागेको अन्तरकृया एवं सम्मान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक संस्थाका अध्यक्ष प्रवीण गिरिका अनुसार सबै तयारी पूरा भएको बताउनुभयो । गण्डकी प्रदेश अन्तर्गत रहेका ११ जिल्लाहरुसँग सहकार्य एवं समन्वय गर्दै अगाडी बढिरहेको समाजले आगामी दिनमा संस्थालाई अझै सक्रिय बनाउनका लागी सम्पुर्ण […]

  • १ year अगाडि
सुनकाण्डमा दावाको बयान : एमाले उपाध्यक्षद्वय इश्वर र बादलका छोरा व्यवसायिक पार्टनर !
सुनकाण्डमा दावाको बयान : एमाले उपाध्यक्षद्वय इश्वर र बादलका छोरा व्यवसायिक पार्टनर !

हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले तीन व्यापारिक साझेदारको नाम खुलाएका छन्। ६० किलो ७ सय १६ ग्राम सुन तस्करी सम्बन्धमा गरिएको सोधपुछका क्रममा उनले केही वर्ष अघिबाटै नेपालका शीर्ष नेताका निकटस्थ व्यक्तिहरुसँग मिलेर काम गरिरहेको बताएका हुन्। उनीसँग सीआईबीले बयान लिइसकेको छ। दावासहितले ठमेलमा सञ्चालन […]

  • १ year अगाडि
अगस्ट २०मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया
अगस्ट २०मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया

कमला केसी, दक्षिण कोरिया/ गण्डकी प्रदेश समाज दक्षिण कोरियाले यहीँ आउँदो आईतवार अगस्ट २० का दिन अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । आफ्नो मातहतमा रहेका ११ जिल्लाहरुसँग सहकार्य र समन्वय गर्दै आइरहेको समाजले आफ्नो संस्थागत गतिविधिलाई थप जागरुक र चलायमान बनाइरहेको स्पष्ट पार्दै उक्त कार्यक्रम मार्फत् राय, सुझाव र सल्लाह संकलन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना […]

  • १ year अगाडि
गिरीबन्धु जग्गा प्रकरणमा अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री
गिरीबन्धु जग्गा प्रकरणमा अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् । सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् । केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ […]

  • १ year अगाडि