• होमपेज
  • पर्वत दम्पती हत्या काण्ड : महिना दिन पुग्नै लाग्दा समेत दोषी पत्ता लगाउन प्रहरीलाई सकस
Breaking News

पर्वत दम्पती हत्या काण्ड : महिना दिन पुग्नै लाग्दा समेत दोषी पत्ता लगाउन प्रहरीलाई सकस

पर्वत । गत चैत १९ गते राती जलजला २ मा मृत भेटिएका एक दम्पत्तिको हत्यारा अझै पत्ता लागेको छैन् । हत्यामा संग्लन्न अनुसन्धान अधिकृतहरु अनुसन्धान भईरहेको बताउँछन् । तर हत्याराको प्रारम्भिक विवरण समेत प्राप्त हुन सकेको छैन् । अनुसन्धानका लागि सिआइविको टिम परिचालीत छ ।

जिल्लाको सिंगो टिम परिचालीत छ, तर हत्यारा सामु प्रहरी अझै पुग्न सकेको छैन् । हत्यारा सार्वजनिक अझै पनि नहुँदा पनि पर्वतको नागरिक समाज भने मौन छ, न प्रहरी माथि दबाव बढाएको छ, न त यो विषयमा मानव अधिकारकर्मीले आवाज उठाएका छन् । नागरिक समाजले अनावश्यक दवाब दिँदा प्रहरी अनुसन्धान भने प्रभावित हुन्छ । तर, प्रहरी अनुसन्धान के कारण प्रभावित भईरहेको छ, त्यसको वास्तविक विवरण भने आउन सकेको छैन ।

विज्ञापन

पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया कमला जिसीका हत्या भएको हो । हत्या भएको पुष्टि भएर प्रहरीले अनुसन्धान गरीरहे पनि अझै सम्म पनि हत्यारा भने पत्ता लाग्न सकेको छैन् ।
घरमा बसीरहेका जिसी दम्पत्तिको रातीको समयमा हत्या भएको थियो । विहान छिमेकीले मृत अवस्थामा फेला पारेका दम्पत्ति एक्लो घरमा बस्दै आइरहेका थिए । हत्याको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

केन्द्रिय अपराध अनुसन्धान ब्यूरो (सिआइबि) को टोली पनि अनुन्धानका लागि पर्वत आइपुगेको छ । १ दर्जन बढि संख्याका मानिसहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि अहिलेसम्म हत्यारा नजिक अनुसन्धन पुग्न नसकेको सुरक्षा अधिकारीहरु स्विकार गर्छन् । श्रोतका अनुसार अनुसन्धान केहि भिक्षु (जोगी) रुप धारण गरेका मानिसहरुमा केन्द्रित रहे पनि अनुसन्धान अधिकृतहरुले उक्त कुराको पुष्टि गरेका छैनन् ।

अनुसन्धानका लागि यस अघि प्रहरी प्रदेश कार्यालयबाट तालिमप्राप्त कुकुर समेतको प्रयोग गरिएको थियो । हत्यामा प्रयोग गरिएको हँसिया सोहि दिन नजिककैको जंगलमा फेला परे पनि हत्यारा भने अझै पनि फेला परेको छैन् ।

सामाजिक रुपमा सवैको प्रिय बनेका जिसी दम्पत्तिको यस अघि ठूलो रिसिबी कोहिसंग पनि भएको अनुसन्धानमा देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । हत्यामा प्रोफेसनल ब्यक्ति नै सहभागी भएको हुनसक्ने अनुसन्धानमा देखिएको ति अधिकृतको भनाई छ । हत्याराले प्रमाण नछोडेका कारण हत्यारा नजिक पुग्न प्रहरीलाई हम्मे हम्मे भएको छ ।

छिमेकी जिल्लाका कारगार मुक्त कैदीहरुको समेत अनुसन्धानमा संग्लन्न अधिकारीहरुले सुक्ष्म निगरानी गरीरहेको श्रोतको भनाई छ । घरमा बसिरहेका दुई दम्पत्तिको क्रुर हत्या भएको प्रारम्भिक निश्कर्ष सुरक्षा अधिकारीहरुले निकाले पनि त्यसको कारणसम्म पनि अझै पुग्न उनीहरु सकिरहेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook