• होमपेज
  • इलाममा मतगणना आज रातिदेखि
Breaking News

इलाममा मतगणना आज रातिदेखि

इलाम । इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ ।

गौतमबुद्ध सभा भवनमा मतगणना स्थललाई व्यवस्थित गएिको छ । गणना स्थललाई सुरक्षित राख्न तारबार लगाइएको छ । मतपेटिका भण्डारणका लागि सभाहलको भित्रि भाग तयार गरिएको छ । सभाहलको बाहिरपट्टि तारबार र त्यस बाहिर दल तथा उम्मेद्वारका प्रतिनिधि बस्ने स्थान तयार गरिएको छ ।

विज्ञापन

यस्तै, गणनास्थल, मतपेटिका भण्डारण कक्ष र सभा भवनको बाहिरपट्टि गरी ११ वटा सिसि क्यामेर जडान गरिएको मतगणना स्थलमा खटिनु भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इन्द्र श्रेष्ठले बताउनुभयो ।

‘कम्तिमा ११ बजे सम्ममा सबै केन्द्रका मतपेटिका संकलन भइसक्ने अनुमान छ । त्यसपछि राजनीतिक दलहरुसँग बैठक बसेर आजै रातिबाट मतगणना सुरु हुन्छ’ उहाँले भन्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook