• होमपेज
  • जसपाले छाड्यो सरकार, उपेन्द्रले बालुवाटार पठाए राजीनामा
Breaking News

जसपाले छाड्यो सरकार, उपेन्द्रले बालुवाटार पठाए राजीनामा

जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामापत्र पठाएका छन्।

स्वास्थ्यमन्त्री यादवसहित जसपाकै अर्का मन्त्री दीपक कार्कीको पनि राजीनामापत्र बालुवाटार बुझाइएको उनको सचिवालयले जनाएको छ। दुवैले अहिलको विकसित राजनीतिक परिस्थिति अनुसार सरकारमै बसेर सहकार्यलाई निरन्तरता दिन नसकिने राजीनामापत्रमा उल्लेख गरेका छन्।

विज्ञापन

अशोक राई नेतृत्वमा ६ जना सांसदसहितले पार्टी विभाजन गरेपछि त्यसको असर केन्द्र र प्रदेशका सरकारहरूमा पनि देखिन थालेको हो।

मधेस प्रदेशमा हिजो (आइतबार) जसपा नेतृत्वको सरकारलाई नेकपा माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिएको थियो।

लगत्तै त्यहाँ अन्य ४ दल मिलेर सरकार बनाउने कसरत अघि बढेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook