• होमपेज
  • जलजला दम्पत्ति हत्या : २ जना आरोपी सार्वजनिक
Breaking News

जलजला दम्पत्ति हत्या : २ जना आरोपी सार्वजनिक

पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्याका आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आज पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरेको हो ।

जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया गमला जिसीको चैत १९ गते राती हत्या भएको थियो ।

विज्ञापन

घटनामा सग्लन्न पर्वत जिल्ला जलजला गाउँपालिका वडा न २ नेपाने वस्ने ३२ बर्षका कृष्णबहादुर विश्वकर्मा र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा न २ खुर्कोट घर भई जलजला गाउँपालिा वडा न २ बौरमा बस्ने दिपक दर्जीलाई प्रहरीले सार्वजनिक गरेको हो । दर्जी हाल पाखरा स्थित नयाँ बजारमा डेरा गरी बस्ने गरेका थिए ।

यसैगरी प्रहरीले हत्यामा सग्लन्नहरुले लुटपाट गरेको सुनलाई खरिद तथा तथा सुन गाल्नमा सग्लन्न हुने थप २ जनालाई पनि नियन्त्रणमा लिएको छ । पर्वत जिल्ला जलजला गाउँपालिका वडा न १ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा न २५ हेम्जामा डेरा गरेर बस्ने बर्ष ६० का कर्णबहादुर विक लुटपाट भएको सुन गालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । यसैरी बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा न ७ घर भइ वागलुङकै वडा न २ लोकतान्त्रिक चोकमा रहेको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

आरोपीहरुले रातीको समयमा विभिन्न बहान बनाएर घरमा गई सुन तथा धनमाल लुटपाटको सन्दर्भमा दम्पत्तिको हत्या गरेको प्रहरीको प्रारम्भिक निश्कर्ष छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook