• होमपेज
  • न्युयोर्कबाट मेरिल्याण्ड हिडेका २१ बर्षीय पर्वतका युवा अमन शनिबारदेखि बेपत्ता
Breaking News

न्युयोर्कबाट मेरिल्याण्ड हिडेका २१ बर्षीय पर्वतका युवा अमन शनिबारदेखि बेपत्ता

न्युयोर्कमा बस्दै आएका २२ बर्षीय युवा अमन खान शनिबारदेखि मेरिल्याण्डबाट बेपत्ता भएपछि नेपालमा रहेका उनका परिवारले खोजीका लागि सघाउन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ वडगाउँ शिवालयका २२ बर्षिय खान शनिबारविहानदेखि सम्पर्कविहिन भएको उनका बुबा अश्लम खानले खसोखासलाई जानकारी दिएका छन् ।

झण्डै डेढ बर्ष अगाडि अमेरिका आएका अमन खान न्युयोर्कमा बस्दै आएका थिए । आफूले बाल्टिमोरको रेष्टुरेण्टमा काम खोजिदिएको र अप्रिल २१ आइतबार काममा आउन भनेपनि खान अप्रिल २६ शुक्रबार राती न्युयोर्कबाट हिडेको मेरिल्याण्डबाट धन थापाले जानकारी दिए ।

विज्ञापन

न्युयोर्क समय अनुशार शनिबार विहान ९ बजेतिर भिडियोकल भएपछि छोरासँग सम्र्पक हुन नसकेको पर्वतको कुश्मामा रहेका अमनका बुवा अश्लमले जानकारी दिए । बुबा अश्लमका अनुशार २ छोरा र एक छोरी मध्ये जेठो छोरा अमन १६ महिना अघि टेक्सास हुदै अमेरिका प्रवेश गरेका थिए ।

पछिल्लो २ महिना देखि अमन बिरामी रहेको बुवा अश्लमले जानकारी दिए । मोवाइलमा रिचार्ज गरिदिनका लागि छोराले शनिबार बिहान भनेको र रिचार्ज गरिदिएपछि छोरासँग सम्पर्क हुन नसकेको भन्दै उनले अमेरिकामा रहेका नेपाली संघ संस्था र समुदायहरुलाई खोजीका लागि सघाउन अनुरोध गरेका छन् ।

आफ्नो कार्यालयमा आएको जानकारी अनुशार अमन शनिबार विहान युनियन स्टेशनमा आएको र त्यहाँबाट बेपत्ता भएको मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले जानकारी दिए । प्रहरीलाई युनियन स्टेशनमा पठाएपनि उनलाई फेला पार्न नसकिएको भण्डारीले बताए । आफूले डिसीको प्रहरीसँग यसबारे कुराकानी गरेको तथा आफ्नो कार्यालयले बस कम्पनीसँग सम्पर्क गरिरहेको तर फेला पार्न नसकिएको भण्डारीले बताए ।

अमनलाई हालै इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले हाजिर हुन सुचित गरेको समेत जनाइएको छ । अब खोजीका लागि भोलि आइसमा सम्पर्क गर्ने भण्डारीले बताए । भण्डारीले खोजीकार्य जारी राख्ने र उनलाई सकुशल फेला पार्ने आशा व्यक्त गरेका छन् ।

‘मोवाइल अफ छ । सम्पर्क गर्न कोशिस गर्दा सम्पर्क हुन सकेको छैन । ११ कक्षा पास गरेपछि साथीहरुसँग अमेरिका जान्छु भन्दै हिडेको छोरा अचानक सम्पर्कविहिन हुँदा निकै आत्तिएका छौं ।’ – बुबा अश्लम खानले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook