• होमपेज
  • पर्वत जलजला दम्पत्ति हत्याकाण्ड : अभियुक्त सार्वजनिक गर्दै प्रहरी
Breaking News

पर्वत जलजला दम्पत्ति हत्याकाण्ड : अभियुक्त सार्वजनिक गर्दै प्रहरी

पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी भनाई छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले अबको २४ घण्टा भित्र अभियुक्त सार्वजनिक गरिने जानकारी दिए । उनले हत्यामा संग्लन्न मानिसको पहिचान भएको र केहि घण्टा भित्र त्यसको पुष्टि हुने गरी अभियुक्त सार्वजनिक गरिने बताए ।

विज्ञापन

केन्द्रिय अनुसन्धान ब्यूरोलाई उद्धित गर्दै केही संचार माध्यमले २ जना अभियुक्त रहेको भन्दै नाम सार्वजनिक गरेका छन् । प्रहरी प्रमुख भुषालले आधिकारिक रुपमा प्रहरी आफैले अभियुक्त सार्वजनिक गर्ने जानकारी दिए ।

जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया कमला जिसीको चैत १९ गते राती हत्या भएको थियो।

घरमा बसीरहेका जिसी दम्पत्तिको रातीको समयमा हत्या भएको थियो । विहान छिमेकीले मृत अवस्थामा फेला पारेका दम्पत्ति एक्लो घरमा बस्दै आइरहेका थिए । झण्डै एक महिनाको लामो अनुसन्धान पछि प्रहरीले हत्यामा सग्लन्न अयिभुक्तलाई सार्वजनिक गर्न लागकेो हो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook