• होमपेज
  • मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन
गण्डकी प्रदेश

मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन

पर्वत/ पर्वतको मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर विमोचन गरिएको छ ।

गाउँपालिकाले बार्षिक रुपमा सम्पादन गर्ने र गरेका विभिन्न गतिविध, पालिका पालिका भित्रका विभिन्न पुर्वाधार सम्पदाहरुलाई समेटेर प्रकाशन गरेको भित्तपात्रो मंगलवार एक समारोह बीच सार्वजनिक गरिएको हो ।

विज्ञापन

गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा लगायत वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरुको सहभागितमा क्यालेण्डर विमोचन सहित सार्वजनिक गरिएको छ ।

गाउँपालिकामा कुन दिन सार्वजनिक विदा हुन्छ, कुन दिन कार्यालय खुल्छ वा कुन कार्यक्रम कहिले हुन्छ भन्ने विषयमा पालिकावासीहरुले क्यालेन्डर हेरेर जानकारी लिन सक्नेछन् ।

उक्त क्यालेण्डर पालिकाबासिहरुलाई वितरण गरिने उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook