देश/प्रदेश

वालिङका सामुदायीक विद्यालयलाई सिमकार्ड
वालिङका सामुदायीक विद्यालयलाई सिमकार्ड

स्याङ्जा । कोरोना संक्रमणका कारण भौतिक सहभागितामा पठनपाठन हुन नसकेपछि वालिङ नगरपालिकाले वैकल्पिक शिक्षण सिकाई क्रियाकलापलाई अगाडी सारेको छ । विद्यार्थीको पढाईमा कुनै अबरोध नआओस भन्दै नगरपालिकाले बैकल्पिक शिक्षण क्रियाकलाप अगाडी सारेको हो । भौतिक सहभागिता बाहेक अर्को विकल्प अनलाईन कक्षा संचालन गर्ने भन्दै नगरभित्रका सरकारी विद्यालयका शिक्षक, विद्यार्थीलाई इन्टरनेट प्याकेज सहित सिमकार्ड निशुल्क वितरण […]

  • ४ years अगाडि
योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्रीलाई ध्यानाकर्षण
योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ । अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए । दुई वर्षदेखि निरन्तररुपमा बजेट विनियोजन भएका ती योजना कटौती भएपछि गाउँपालिकाले […]

  • ४ years अगाडि
कालोबजारी गर्नेलाई कानून बमोजिम कारवाही हुन्छ–मन्त्री कँडेल
कालोबजारी गर्नेलाई कानून बमोजिम कारवाही हुन्छ–मन्त्री कँडेल

पर्वत/गण्डकी प्रदेश पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मणीभद्र शर्मा कँडेलले महामारिको बेला कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानून अनुसार कारवाही गर्ने बताउनुभएको छ । पर्वत उद्योग बाणिज्य संघले शनिबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री कँडेलले कृत्रिम अभव सिर्जना गरि कालोबजारी नगर्न व्यापारीहरुलाई आग्रह गर्नुभयो । अहिलेको विषम परिस्थितिमा सरकारलाई सबैले […]

  • ४ years अगाडि
सम्पर्कविहीन भएकी प्रदेश सांसद अस्पतालमा भेटिएपछि…
सम्पर्कविहीन भएकी प्रदेश सांसद अस्पतालमा भेटिएपछि…

काठमाडौँ । हिजो शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी एक सांसद अस्पतालमा भेटिएकी छन् । लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) अस्पतालमा भेटिएकी छन् । माओवादी केन्द्रका अनुसार उनी बिरामी भएकोले उपचार गर्न अस्पताल भर्ना भएकी हुन् । उनले हिजोदेखि फोन नउठाएको कारण उनी सम्पर्कविहीन भएको हल्ला फैलिएको थियो । लुम्बिनी प्रदेश सभामा सत्तापक्ष अल्पमतमा रहेको […]

  • ४ years अगाडि
लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता
लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता

बुटवल — लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले शनिबार बिहान स्वागतसहित भेट गरेका हुन् । शुक्रबार प्रदेश प्रमुख आउँदा स्वागतका लागि सरकारका कुनै पनि मन्त्री सहभागी भएका थिएनन् । पदबहालीमा सरकारका प्रतिनिधि सहभागी नहुनुले सरकारले मर्यादापालन नगरेको भन्दै आलोचना भएको […]

  • ४ years अगाडि
कालीगण्डकीमा पौडी खेल्दा दुई बालक बेपत्ता, दुई बाँच्न सफल
कालीगण्डकीमा पौडी खेल्दा दुई बालक बेपत्ता, दुई बाँच्न सफल

बागलुङ : पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् । अन्य दुई बालक भने बचेका छन् । बागलुङ नगरपालिका १ निरयघाटमा कालीगण्डकी नदी किनारमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षीय अभिषेक बिक र १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् । पौडी खेलिरहेका एक जनालाई बगाए पछि […]

  • ४ years अगाडि
लुम्बिनी प्रदेशका तीन मन्त्री जसपाबाट निष्कासित
लुम्बिनी प्रदेशका तीन मन्त्री जसपाबाट निष्कासित

जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका तीन जना मन्त्रीलाई पार्टीबाट निष्काशन गरेको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको जसपाका कार्यकारिणी सदस्य इस्तियाक राईले बताए । उनीहरुलाई प्रदेश संसदीय दलले […]

  • ४ years अगाडि
सेवा प्रवाहमा एकरुपता ल्याउन कार्यसञ्चालन बिधी सार्वजनिक
सेवा प्रवाहमा एकरुपता ल्याउन कार्यसञ्चालन बिधी सार्वजनिक

पर्वत । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवाका बारेमा एकरुपता ल्याउन र सर्वसाधरण सेवाग्राहीलाई सहजै सेवाका बारेमा जानकारी दिने उद्देश्यले पर्वतमा कार्यसञ्चालन बिधी सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा आयोजित एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले कार्य सञ्चालन बिधी९एसओपी० सार्वजनिक गर्नुभयो । सार्वजनिक सेवा प्रवाहमा एकरुपता, पारदर्शीता र […]

  • ४ years अगाडि
को हुन् गण्डकी प्रदेश प्रमुखमा नियुक्त पृथ्वीमान सिंह गुरुङ ?
को हुन् गण्डकी प्रदेश प्रमुखमा नियुक्त पृथ्वीमान सिंह गुरुङ ?

पोखरा । गण्डकी प्रदेश प्रमुखमा चितवन कांग्रेसका पूराना नेता पृथ्वीमान सिंह गुरुङ नियुक्त भएका छन् । नेता गुरुङलाई मन्त्रीपरिषद् आजको बैठकले गण्डकीको प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेश प्रमुखमा नियुक्त गुरुङको थातथलो कास्कीको घलेल हो । गुरुङ शहीद हप्रसादका सहोदर भान्जा हुन् । २००६ साल माघमा जन्मिएका गुरुङ जगत प्रसाद गुरुङ र पदमकुमारी […]

  • ४ years अगाडि
विद्यालय भवन निर्माणमा अनियमितताको आरोप
विद्यालय भवन निर्माणमा अनियमितताको आरोप

विद्यालय भवन निर्माण र मर्मत सम्भारको योजनामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरिएको छ । अछामको तुर्माखाद गाउँपालिका(६ रानीवनमा रहेको ध्रुुवतारा आधारभूत विद्यालयमा भवन निर्माण र मर्मत शीर्षकको २५ लाख बराबरको योजनामा अनियमिता गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो । विद्यालयका संस्थापक शिक्षकसमेत रहेका निर्माण समितिका अध्यक्ष भक्तप्रसाद न्यौपानेले आइतबार जिल्ला प्रशासन […]

  • ४ years अगाडि
गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा सचिव र मन्त्रीलाई १७ बुँदे निर्देशन
गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा सचिव र मन्त्रीलाई १७ बुँदे निर्देशन

 : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका मन्त्री, मुख्य सचिव र सचिवलाई १५ बुँदे निर्देशन दिएका छन्। सरकारले पूर्णता पाएसँगै प्रदेशको समुन्नति र समृद्धिको जिम्मेवारी सरकारको काँधमा आएको बताउँदै उनले मन्त्रिपरिषद् र सचिव जनताप्रति तथा मन्त्रीहरू मुख्यमन्त्रीप्रति उत्तरदायी हुनाले लोकतान्त्रिक परम्पराअनुसार अगाडि बढ्न सकिने निर्देशनमा उल्लेख गरिएको छ। सरकारका व्यवहार, शैली, आचरण, कार्यसम्पादनसहित प्रत्येक […]

  • ४ years अगाडि
पर्वतका प्रहरी प्रमुख बुढाथोकीले भने– कालीगण्डकी दोहनलाई कानून अनुसार कारवाही गर्छु
पर्वतका प्रहरी प्रमुख बुढाथोकीले भने– कालीगण्डकी दोहनलाई कानून अनुसार कारवाही गर्छु

भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखको रुपमा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक (डिएसपी) शिबराज बुढाथोकीले पर्वत जिल्लामा विवादित विषयको रुपमा रहेको कालीगण्डकी दोहनलाई राज्यले दिएको अधिकार अनुसार कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आईतबार आयोजित सञ्चारकमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै बुढाथोकीले कालीगण्डकी नदी दोहनका कारण प्रहरीलाई समेत विवादमा मुच्ने गरेकाले विवाद रहित ढंगले काम […]

  • ४ years अगाडि