• होमपेज
  • पूर्व कर्मचारी सेवा परिषद पर्वतद्वारा घटस्थापनाको दिन शुभकामना आदानप्रदान
गण्डकी प्रदेश

पूर्व कर्मचारी सेवा परिषद पर्वतद्वारा घटस्थापनाको दिन शुभकामना आदानप्रदान

पर्वत/ घटस्थापनाको दिन पारेर पूर्व कर्मचारी सेवा परिषद पर्वतले अवकाश प्राप्त कर्मचारीहरूको बीचमा शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व कर्मचारी सेवा परिषद पर्वतका अध्यक्ष देवीप्रसाद विलासीले सेवा निवृत्त कर्मचारीहरूमा भएको अनुभव र योगदानलाई नेपाल सरकारले सम्मान गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो । अध्यक्ष विलासीले सरकारी सेवाबाट अबकाश लिएपनि समाजको रूपान्तरणमा आफूहरूले थप रचनात्मक कामहरू गर्दै पेशागतहीतका लागि समेत अभियान सञ्चालन गरेको जानकारी दिनुभएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवं पूर्व कर्मचारी सेवा परिषदका आजीवन सदस्य गंगाधर तिवारी, पूर्व कर्मचारी सेवा परिषदका सल्लाहकार सुन्दरप्रसाद जोशी, पूर्व कर्मचारी सेवा परिषदका निवर्तमान अध्यक्ष टंकप्रसाद सुवेदी, आजीवन सदस्य- किरणराज तिवारी,आजीवन सदस्य- मिनप्रसाद श्रेष्ठ, आजीवन सदस्य- परशुराम पुरी, आजीवन सदस्य- ध्रुवप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी र नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद घायल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विज्ञापन

पूर्व कर्मचारी सेवा परिषद पर्वतका अध्यक्ष देवीप्रसाद विलासीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव ज्ञानेन्द्र पहाडी र स्वागत मन्तव्य सल्लाहकार सुन्दरप्रसाद जोशीले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook