• होमपेज
  • नेकपा एस देबिस्थानको अध्यक्षमा भुसाल 
गण्डकी प्रदेश

नेकपा एस देबिस्थानको अध्यक्षमा भुसाल 

नेकपा एकीकृत समाजवादीको फलेबास नगरपालिका देबिस्थानमा वडा कमिटी गठन भएको छ । नव गठित कमिटिको अध्यक्षमा बिजय भुसाल रहेकाछन् ।  कमिटिको उपाध्यक्षमा शिव कुमार श्रेष्ठ, सचिबमा सुरज कुमार श्रेष्ठ र उप सचिबमा राम प्रसाद भुसाल रहेको २१ सदस्यीय वार्ड कमिटि गठन गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पर्वतका अध्यक्ष मोतीप्रसाद पौडेलले कम्युनिस्ट आन्दोलनलाई निष्कर्षमा पुर्याइ समाजवादको लक्ष्यमा पुग्न नेकपा एकीकृत समाजवादी गठ्न भएको बताउनु भयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रीय आयोग सदस्य हरि कुमार श्रेष्ठले गरीब, सर्वहारा र दलितहरुको मुद्दालाई छोडेर धनतन्त्र, डनतन्त्र र गनतन्त्रहरुको वरिपरि पार्टीलाई घुमाउन खोज्दा नयाँ पार्टी गठन भएको बताउँदै पार्टीलाई ब्यबस्थित बनाएर लग्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेकपा एस पर्वतका उपसचिव बिराज हमाल, युवा संघका केन्द्रीय सदस्य बिभुषण श्रेष्ठ, अनेरास्ववियुका अध्यक्ष सन्तोष सुनाम लगायतले मन्तव्य राखेका थिए ।  राम प्रसाद भुसालको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सुरज कुमार श्रेष्ठले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook