• होमपेज
  • अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशन चित्रेमा हुँदै
गण्डकी प्रदेश

अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशन चित्रेमा हुँदै

पर्वत । अन्तर्राष्ट्रिय पर्वत समाजले आयोजन गरेको तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । समाजले कात्तिक ४ गते पर्वतको मोदी गाउँपालिका–७ मा पर्ने पर्यटकीय गाउँ चित्रेमा अधिवेशन आयोजना गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै समाजका नेपाल प्रतिनिधि मुना भूषालले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको भन्दै सवै तह र क्षत्रलाई सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले यो अधिवेशन माफर्त चयन हुने नयाँ समितिले विगतमा संकलप गरिएका कार्ययोजन पुरा गर्ने बताउनुभयो ।

विज्ञापन

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले अधिवेशन पर्यटकीय गाउँ चित्रेमा आयोजना गरेको बताउँदै । दुई बर्षदेखि कोरोना कहरले बन्द रहेका होमस्टेहरुो ढोका खोल्न थालिएको बताउनुभयो । समाजका संरक्षक सुवास जोशीले सो अवसरमा बोल्दै समाज पर्वतको समृद्धिको खम्बा रहेको भन्दै यसले शिघ्र बेरोजगार युवाहरुलाई रोजगार दिइ स्थानीय स्तरका उत्पादनहरुलाई अन्तर्राष्ट्रिय समुदायमा पु¥याउने बताउनुभयो ।

यस्तै महासचिव गुणराज शर्माले समाज माफर्त विगतमा भएका कार्यहरुद्धारा सरकारको सर्मथन गरेको स्मरण गर्दै हातमालो गर्न यहाँका सरोकारवालाहरुलाई अनुरोध गर्नुभएको छ ।

कात्तिक ४ गते पर्वतको मोदी गाउँपालिका–७ मा पर्ने पर्यटकीय गाउँ चित्रेमा हुने अधिवेशनको प्रमुख अतिथ्यता र्राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नुहुने छ । अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीको सभापतित्वमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष परशुराम पौडेलले राख्नुभएको हो ।

यस्तै पत्रकार सम्मेलनको सहजिकरण तथा संचालन समाजका महासचिव गुणराज पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सहभागि पत्रकारहरुले समाजलाई सुझाव सहितका अपेक्षाहरु राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook