• होमपेज
  • पाडापाडी संरक्षणको नाउँमा भ्रष्ट्रचार गरेका प्रदेश सांसद लम्सालद्धारा पत्रकार माथि गाली गलौज
Breaking News

पाडापाडी संरक्षणको नाउँमा भ्रष्ट्रचार गरेका प्रदेश सांसद लम्सालद्धारा पत्रकार माथि गाली गलौज

६ कार्तिक, पर्वत । विवादित छबिका प्रदेश सभाका सांसद विकास लम्सालले पाडापाडाी संरक्षणको नाउँमा भ्रष्टचार भएको भनेर लेखिएको समाचारको विषय लिएर पत्रकार माथि गाली गलौज गरेका छन ।

अन्तराष्ट्रिय पर्वत समाजको महाधिवेशन कार्यक्रममा बोल्दै प्रदेश सभाका सांसद लम्सालले पत्रकारलाई ‘पत्रुकार’को संज्ञा दिएका हुन् । उनले अरु पेशामा नविकेपछि पत्रकार बनेका ब्यक्तिहरुले भ्रष्टचार सम्बन्धि समाचारलाई पटक पटक उचालेको भन्दै आक्रोस समेत ब्यक्त गरे । नेकपा एमालेको तर्फबाट प्रदेश सभामा निर्वाचित सांसद संविधान सभाका सदस्य समेत हुन् ।

विज्ञापन

संविधान सभा सदस्य हँुदा पाडापाडी पालनको नाउँमा लाखौ रकम खर्च गरे पनि त्यो कार्यक्रम उपलब्धि विहिन भएको खबर सञ्चार माध्यमहरुमा आउने गरेको छ । लम्सालले आफूले पाडापाडी संरक्षणको काम शुरुवात गरेको किसानकै हितमा भएको तर्क गर्दै पत्रकारले यो विषय पटक पटक उचालेको भन्दै चर्को आक्रोस ब्यक्त गरेका थिए ।

सार्वजनिक कार्यक्रममा पत्रकार माथि समाचारको विषयलाई लिएर गाली गलौज गरिनु आपत्तीजनक रहेको पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा बताउँछन् । महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीले पनि समाचार प्रति चित्त नबुझेको विषयमा पत्रकारलाई गाली गर्नु गलत रहेको बताए ।

प्रेस चौतारी पर्वतका अध्यक्ष गणेश गिरी र प्रेस युनिएनका अध्यक्ष माया अधिकारीले पनि सार्वजनिक मञ्चमा पत्रकारीता माथिको गाली गलौजले ब्यवसायीक पत्रकारिता प्रति प्रहार भएको बताएका छन् ।

पत्रकारलाई सार्वजनिक स्थानमा गाली गरेको विषयमा जिल्लामा क्रियाशिल पत्रकारहरुले आपत्ति ब्यक्त गरेका छन् ।
हेर्नुहोस् भिडियो https://youtu.be/46iZ57m0Fdo

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook