• होमपेज
  • एमालेको किल्ला फलेवास खानीगाउँमा समाजबादिको वडा कमिटी गठन
गण्डकी प्रदेश

एमालेको किल्ला फलेवास खानीगाउँमा समाजबादिको वडा कमिटी गठन

पर्वत । नेकपा एमालेको किल्लाको रुपमा रहेको पर्वतको फलेवास नगरपालिका पाँच खानिगाउमा नेकपा एकीकृत समाजबादिले कमिटी गठन गरेको छ ।मंगलबार नेकपा एकीकृत समाजबादी पर्वतका अध्यक्ष मोति पौडेल लगायत नेताहरुको उपस्तिथिमा बसेको भेलाले दण्डपानी सापकोटाको नेतृत्व २१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा काशिराम भट्ट,नारायण प्रसाद सापकोटा सचिवमा कृष्ण प्रसाद सुवेदी उप—सचिवमा भवानी शर्मा पौडेल,सारगर सापकोटा र गिता सुवदी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा शिव सुनार,नेत्र बहादुर दर्जी, गिता पौडेल चपाई, सुरेश परियार,गोविन्द पुरी,निर्मल सुनार,दुर्गा सुनार,रिता परियार,मिना सुनार, ओम प्रसाद शर्मा,भोट बहादुर वि.क,हरि कुमारी कुवंर, भगवती सुनार र जुना सुनार रहनुभएको छ ।
साथै सोही भेलामा नेत्र बहादु्र दर्जीको अध्यक्षतामा १५ सदस्यीय युवा संघ नेपाल फलेवास नगरपालिका वडा ५ वडा कमिटी गठन गरिएको छ । कमिटीको सचिवमा राजन सुनार रहनुभएको छ ।


भेलालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले कम्युनिस्ट आन्दोलनका नीति कार्यक्रम र उपलब्धिको रक्षा गर्नु दायित्व भएको र त्यसका लागि एकीकृत समाजबादिमा गोलबन्द हुन आग्रह गरेका थिएँ । त्यस्तै कार्यक्रममा जिल्ला कमिटी उप—सचिव विराज हमालले समाजवादी पार्टी श्रमजिवी, सर्वहारा, मञ्दुर, किसानको पार्टी भएकाले सवै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । भेलामा प्रदेशका, जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook