• होमपेज
  • नेपाली काँग्रेस पर्वतको सभापतीमा जोशी, महाधिवेशन प्रतिनिधि र जिल्लामा क-कसले जिते ?
गण्डकी प्रदेश

नेपाली काँग्रेस पर्वतको सभापतीमा जोशी, महाधिवेशन प्रतिनिधि र जिल्लामा क-कसले जिते ?

नेपाली काँग्रेस पर्वतको सभापतीमा यूवराज जोशी विजयी हुनुभएको छ । जोशीले यामबहादुर मल्ललाई १६० मतान्तरले पराजित गर्नुभएको हो । जोशीले कुल खसेको मतमा ६ सय ९ मत प्राप्त गर्नुभएको छ भने मल्लले ४ सय ४९ मत प्राप्त गर्नुभएको छ ।
सभापतीका अर्का उम्मेदवार मिलन सुबेदीले ९६ मत प्राप्त गर्नुभयो । उपसभापतीमा डा. चुडामणी शर्माले ६ सय ९१, शिवप्रसाद सुबेदी ५ सय ६५ मत प्राप्त गरि विजयी हुनुभएको छ । सचिवमा अशोक उचै ठकुरीले ५ सय ७३ र गुप्तनिधि शर्माले ३ सय ७३, सहसचिवमा अच्यूत तिवारीले ६ सय ५८ र तिलकप्रसाद भुसालले ४ सय १९ मत ल्याई विजयी हुनुभएको छ । जिल्ला सदस्यमा ओम गिरीले ४सय ६८, प्रमोद पाण्डे ५ सय ४४, कुलप्रसाद शर्मा ३ सय ९४ मतका साथ विजयी हुनुभएको छ । लक्ष्मीदेबी बैरागीले ३ सय ९९, हेमशर्मा पौडेल ५ सय २४, जगतशंकर पौडलले ४ सय ७८, प्रकाश आचार्य ५ सय २२, मुकुन्द गौतमले ४ सय ८२, रामचन्द्र तिवारीले ६ सय ७८ मत ल्याई विजयी हुनुभएको छ ।
भोर्ले सार्कीले ६ सय, मनमाया नेपालीले ५ सय २३, राजु विकले ६ सय ८८, लेखवहादुर थापाले ६ सय १२, शान्ती शर्मा कुमालले ६ सय ८६ मत ल्याई जिल्ला सदस्यमा विजयी हुनुभएको छ । जिल्ला सदस्यहरुमा लक्ष्मीकुमारी हमाल, कमलाकुमारी शर्मा, सावित्री खत्री क्षेत्री, विषमकुमार श्रेष्ठ, गुप्तप्रताप सेन, तुलसीदेबी तिवारी न्यौपाने, टिकाराम भुसाल, लक्ष्मी आचार्य, भुलवहादुर पौडेल, लक्ष्मी मेधासी, कला भट्टराई, पार्वती क्षेत्री भुसाल निर्विरोध चयन हुनुभएको थियो ।
महाधिबेशन प्रतिनिधीमा खुल्ला तर्फ रामचन्द्र जोशी ५८२, नवराज गुरुङ ५४८, खगेन्द्रप्रसाद तिवारी ५३९, गंगाधर तिवारी ५१७, विद्धान गुरुङ ५०९ मत ल्याई विजयी हुनुभयो । ऋषिकेश तिवारी ५०७, विमलराज क्षेत्री ४९५, राजेन्द्रप्रसाद तिवारी ४५०, बसन्तबहादुर सिके ४४५, खिमप्रसाद भुसाल ४४३ मतले विजयी हुनुभयो । खुल्ला महिला तर्फ सीताकुमारी काफ्ले लामिछाने ६१९, मुना भुसाल ५३१, रेखा गुरुङ ५२५, राधाकुमारी कुँवर क्षेत्री ४५२ ल्याई विजयी हुनुभएको छ । खस आर्य पुरुष तर्फ तोरण मल्ल ठकुरी ५९४, डा. केदार सुबेदी ४५७ र कुलप्रसाद उपाध्याय ४१६ मत ल्याई विजयी हुनुभयो । महिला खस आर्य तर्फ मुना शर्मा लामिछाने ५२७, मिनाकुमारी केसी ४८५, श्रृजना मल्ल ४३२ मत ल्याई विजयी हुनुभएको छ । आदीवासी जनजाती तर्फ मिना कमाचार्य ५३७, मोहनवहादुर गुरुङ ५०१, अपांगतर्फ लेखनाथ पौडेल ५६२ मत सहित विजयी हुनुभएको छ । दलित तर्फ जीतवहादुर नेपाली ३२१ मत ल्याई विजयी हुनुभएको छ । दलित महिला तर्फ खैसरा दर्जी ४०५ मत ल्याएर विजयी हुनुभयो । यसअघि महाधिबेशन प्रतिनिधीमा सनम बेगम निर्विरोध चयन हुनुभएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook