• होमपेज
  • नेकपा माओवादी केन्द्र कुश्मा १२ ठूलीपोखरीको अध्यक्षमा चुडामणी पौडेल सहित २९ सदस्यीय कमिटि सर्बसम्मत
कुश्मा नगरपालिका

नेकपा माओवादी केन्द्र कुश्मा १२ ठूलीपोखरीको अध्यक्षमा चुडामणी पौडेल सहित २९ सदस्यीय कमिटि सर्बसम्मत

पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरपालिका १२ ठूलीपोखरीको अध्यक्षमा चुडामणी पौडेल चयन भएका छन् । नेकपा माओवादी केन्द्रको शनिबार सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा बुद्धि बहादुर केसी, सचिवमा मन बहादुर केसी, सहसचिवमा नारायण बहादुर बिक र कोषाध्यक्षमा कल्पना पोखरेल चयन भएका छन् ।

विज्ञापन

यस अघि सम्पन्न अधिबेशन उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीका सदस्य केशब कुँवर सृजनशिलले नेकपा माओवादी केन्द्र अब जनताका बीच नयाँ र परिस्कृत ढंगले आएको बताउँदै आगामी निर्वाचनसम्ममा पार्टीले पहिलो स्थान ल्याउने दाबी गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति कुमार सुवेदी, नेकपा एकीकृत समाजबादीका जिल्ला कमिटी सदस्य गणेश पौडेल, नेकपा एमालेका सचिब भरत सुबेदी, जनता समाजवादी पार्टीका जिल्ला सदस्य धर्मदत्त सुवेदी, माओबादी केन्द्रका नेता राम प्रसाद लामिछाने, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सचिब गणेश गदाल लगायतले शुभकामना दिएका थिए ।

नेकपा माओवादी केन्द्र ठूलीपोखरीका अध्यक्ष चुडामणी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन मन बहादुर केसीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook