• होमपेज
  • गुटमा रमाउन हैन, परिवर्तनका लागि मेरो उम्मेदवारी: सुबेदी
Uncategorized

गुटमा रमाउन हैन, परिवर्तनका लागि मेरो उम्मेदवारी: सुबेदी

पर्वत । नेपालीकाँग्रेसको आसन्न महाधिबेशनमा पर्वतमा आकांक्षीको संख्या बढ्दै गैरहेको छ । अन्यपदमा धेरै आकांक्षी भएपनि सभापतिमा भने को उम्मेदवार बन्ने हुन भन्ने रोचक विषय बनेको छ ।

यो बिचमा यूवा पंक्तिबाट मिलन सुबेदी सभापतिको दौडमा निस्किएका छन् । सुबेदीले सामाजिक सन्जालमा धेरै पहिल्यैदेखि आफुलाई सभापतिमा प्रस्तुत गरेकाथिए । बुधवार उनले पत्रकार सम्मेलन नै गरेर नेपाली काँग्रेसको सभापतिमा आफुलाई उम्मेदवारको रुपमा घोषणा गरेका छन् ।

विज्ञापन

सम्मेलन गरि सुबेदीले सभापतिको ससक्त प्रतिस्पर्धी रहेको जनाउ दिएका छन् । यूवापुस्ताको नेतृत्व आवश्यकता रहेको हुनाले युगको क्रमभंगता गर्दै सभापतिमा आफु दरिलो प्रतिस्पर्धी रहेको सुबेदीले उद्घोष गरे । पत्रकारहरुको प्रश्नको जवाफमा सुबेदीलेयूवा पुस्ता रेसमा निस्किएकोले पाकापुस्ताहरु रेष्ट गर्नुपर्ने पनि उद्घोष गरेकाहुन् । ‘ दाई र बा पुस्ताहरु गुट उपगुटमा रमाउनुभयो,’ सुबेदीले भने,‘ यो पारालेपार्टी ध्वस्त हुने देखिन्छ । आउनुस पार्टीको सिद्धान्त र निष्ठा जोगाउनुछ भने मिलन सुबेदीको लाईनमा एकाकार बन्नुहोस ।’ सुबेदीले नेपाली काँग्रेसको संगठनसुदृढिकरण, सबैको सम्मान, मुलक र जनताको हितमा काम गर्ने जगमगाउँदो नेतृत्व बनाउने चाहना सहित मैदानमा आएको बताए ।

आफु बन्न नभई काँग्रेसको संगठन बलियो बनाउन र जनताको आवश्यकताको पक्षमा काम गर्न सभापति हुन चाहेको सुबेदीले पटक पटक दोहोराए । ‘ म नेताबन्न आएको हैन, विधि, नीति र साझा संगठन बनाउन कपालमा कफन बाँधेर आएको छु,’उनले भने,‘ म संग पैसा छैन तर बिचारमा म दिक्षित छु । यहि उमेरमा नेतृत्वमा आएका विपी कोईराला, गगन थापासम्मको उनले उदाहरण दिए । ‘ नेतृत्व लिन पर्खिरहे मेरोपुस्ता कहिल्यै नेतृत्वमा आउँदैन,’ उनले भने,‘ मेरो सघन उपस्थितीले यूवा पुस्ता जगमगाउने अपेक्षामा छु ।’ पत्रकारको प्रश्नमा घेरिएका उनले थपे, ‘मेरो उम्मेदवारी पदकालागि हुँदै हैन,‘ परिवर्तनका लागि हो । आफु बदलित हैन समाज बदल्नका लागि हो ।काँग्रेसलाई विपीको मार्गमा डोराउन हो । आफ्नो एजेण्डामा सबै क्षेत्रीय प्रतिनिधी गोलबन्द भएर लागेको उनले दाबी गरे ।

उनले भने,‘ निष्ठा, त्याग, तपस्या, जुझारुपनले आफु झाँगिएको हुनाले मौन रुपमा क्षेत्रीय प्रतिनिधीले आफुलाई मतदान गरेर विजयी गराउने बचन दिएको सुबेदीले बताए ।‘ म बलियो उम्मेदवार बनेको देखेर अहिले सम्मकोहि पनि सभापतिको उम्मेदवार बनेको घोषणा नभएको यहाँहरुले देखिसक्नुभयो,‘उनले भने,‘ मिलन लाई हराउन कुन उम्मेदवार उठाउने होला भनेर कसैले उम्मेदवार बन्नेआँट नगरेका हुन् । उनले आफुसंग भिड्ने आँट कसैले नगरेको दाबी गरे । नेविसंघका जिल्ला अध्यक्ष समेत रहेका सुबेदीले आफु बार्गेनिङ गर्न नभै विजयी हुन सभापतिको रुपमाउभिएको भन्दै कुनै हालतमा पछि हट्ने पक्षमा नरहेको अठोट व्यक्त गरे । क्षेत्रीय प्रतिनिधी छनौटमा आफ्नो मान्छे ल्याउन भएको धरपकडले कार्यकर्ताहरु नेतृत्व प्रति रुष्टबनेको उनले खुलासा गरे । क्षेत्रीय प्रतिनिधीमा आएका केहि र सभापति बन्न पाएका साथीखुशी नै हुनुभएको होला, तर अधिकाँश पार्टीमा देखिएको करकाप र धरपकडले वाक्कपरेको हुनाले सरल स्वाभावको नेतृत्व खोजेको सुबेदीले बताए ।

उनले भने,‘ क्षेत्रीय प्रतिनिधी पार्टी बिगार्न चाहँदैनन । सपार्नु छ भने मिलन सुबेदीलाई गोप्य रुपमा जिताउने छन् । कतिपयले आफुलाई हार्नेलाई मत किन दिने भनेर कार्यकर्ताहरुलाई भ्रममा पार्न केन्द्रित भएको भन्दै उनले आश्चर्य व्यक्त गरे । ‘यसपाली कोहि पनि भ्रममा पर्दैनन,’ सुबेदीलेभने,‘ एजेण्डाबिनाका सभापति कार्यकर्ताहरुले व्यहोरीसकेका छन् । अब भिजन भएको उम्मेदवार खोज्ने तरखरमा कार्यकर्ता हुनुहुन्छ ।’ सभापतिका लागि आवश्यक सबै योग्यतामानिपूर्ण रहेको भन्दै उनले कार्यकर्ताहरुको चाहना अनुसार नै उम्मेदवार बनेको पनिस्पष्ट पारे ।

मिलन सुबेदी २०५६ साल देखि नै नेपाल विद्यार्थी संघमा आवद्ध भएपछि विभिन्नपदमा रहेर कुशल संगठक बनेका हुन् । हाल उनी नेविसंघका जिल्ला अध्यक्ष छन् । सामाजिक सन्जालमा सभापतिका दाबेदार प्रस्तुत भैरहेपनि अहिले सम्म आधिकारिक रुपमा कसैले पनिघोषणा गरेका छैनन् । जिल्ला अधिबेशन नजिकिँदै गएपछि सामाजिक सन्जालमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने होडवाजी चलिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook