• होमपेज
  • माओवादी केन्द्रमा विवाद : केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय
Uncategorized

माओवादी केन्द्रमा विवाद : केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ। केन्द्रीय कमिटीको बैठक बस्नु अगाडि बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रत्यक्ष प्रशारण नगर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

कांग्रेसपछि माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो। तर पार्टी पदाधिकारी बैठकले लाइभ गर्ने निर्णय गरेपछि लाइभ गर्ने र नगर्ने विषयमा विवाद भएपछि आजको बैठकले नगर्ने निर्णय गरेको हो।

विज्ञापन

पछिल्लो समयमा सुन प्रकरणमा माओवादीका उच्च तहका नेताहरुनै संलग्न भएको र बैठक लाइभ गर्दा छलफलका आन्तरिक विषय बाहिर सार्वजनिक हुँदा आलोचना हुने डरले माओवादी पछि हटेको हो। 

 बैठकमा सबै केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि पाँच/पाँच मिनेटको समय दिइने निर्णय गरिएको छ।

यस अगाडि सचिव डिलाराम आचार्यले बैठकमा एक कुरा गर्ने र मिडिया, सामाजिक सञ्जालमा नेताहरूले अर्को कुरो बोल्ने र लेख्ने गरेकाले बैठक लाइभ गर्ने निर्णय भएको जानकारी दिएका थिए। सचिव आचार्यले भनेका थिए, ‘नेताहरूका पछाडि पार्टीले मान्छे पनि खटाउन सक्दैन। बाहिर बोलेका कुराले कतिपय अवस्थामा राजनीतिक जटिलता आउँछ। त्यसैले केन्द्रीय समितिको बैठकलाई लाइभ गर्ने निर्णय पारित गरिएको हो।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook