• होमपेज
  • साइबर अपराधको आरोपमा आरके अदिप्त गिरी विरुद्ध पक्राउ पुर्जी जारी, आरोपित फरार
Uncategorized

साइबर अपराधको आरोपमा आरके अदिप्त गिरी विरुद्ध पक्राउ पुर्जी जारी, आरोपित फरार

पर्वत, २३ साउन
विद्युतीय कारोबार ऐन विपरित सामाजिक सञ्जालमा सामग्रीहरु प्रविष्ट गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिका ७ जैदीका एक युवालाई पर्वत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जैमिनी नगरपालिका ७ जैदी स्थायी ठेगाना भई हाल पर्वतको कुश्मा बजारमा शताब्दी घर सञ्चालन गरी बस्ने ३८ बर्षिय आरके अदिप्त गिरी भनिने रमेश थापालाई पर्वत जिल्ला अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो ।

विज्ञापन

पर्वतमा क्रियाशिल पत्रकारहरुका विरुद्धमा अपमानजनक शब्दहरु लेखेर सामाजिक सञ्जाल फेसबुकमा प्रविष्ट गरेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी परेको थियो । आरोपितले पेशागत मर्यादा र सामाजिक प्रतिष्ठामा आँच आउने गरी नाम नै किटान गरेर असभ्य शब्द सहितका सामग्रीहरु राखेको भन्दै पत्रकारहरुले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कार्बाहीको माग गर्दै आरोपित विरुद्ध उजुरी दर्ता गराएका थिए ।

उजुरीका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात् सोमबार पर्वत जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो । आरोपितलाई विभिन्न माध्यमबाट खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook