• होमपेज
  • शिक्षकले तलब नपाएपछि विद्यालयमा तालाबन्दी
Uncategorized

शिक्षकले तलब नपाएपछि विद्यालयमा तालाबन्दी

नवलपरासी। गत पुस ३० गते विघटन भएको देवचुुलीस्थित देवचुुली माध्यमिक विद्यालयमा व्यवस्थापन समिति आठ महिना बितिसक्दा पनि नयाँ समिति बन्न नसक्दा शिक्षकले अहिलेसम्म तलबभता नपाएका कारण विद्यालय अस्तव्यस्त बन्न पुुगेको छ ।

नवलपरासी पूर्वको देवचुली नगरपालिका रहजरमा रहेको देवचुली माध्यमिक विद्यालयमा पटक–पटक व्यवस्थापन समिति निर्माणका लागि छलफल र बैठक भए पनि राजनीतिक दाउपेचका कारण जिल्लामा सर्वोत्कृष्ट रहेको सो विद्यालय अहिले भने ओरालो लाग्न थालेको भन्दै स्थानीय अभिभावकले चिन्ता व्यक्त गरेको समाजसेवी पबिन्दै जिसीले बताउनुुभयो ।

विज्ञापन

यो सामुुदायिक विद्यालय जिल्लामै उत्कृष्ट विद्यालयका रुपमा परिचित छ तर अहिले एउटा व्यवस्थापन समिति गठनमा एमाले कांग्रेस र माओवादीको त्रिपक्षीय विवादले समिति गठन नहुुँदा यहाँका शिक्षकले छ महिनादेखि तलब पाएका छैनन् भने विद्यालयको आर्थिक प्रशासन ठप्प रहेको पूर्व अध्यक्ष सूर्य न्यौपानेले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समिति गठन नहुँदा त्यसको प्रत्यक्ष मारमा विद्यालयमा अध्यापनरत शिक्षकहरु परेका शिक्षकहरुले गुुनासो गरेका छन् । विद्यालयका लेखापाल स्थायी शिक्षकमा नाम निकालेर अन्यत्र सरुवा भएपछि विद्यालयको आर्थिक गतिविधि नै अहिले ठप्प छ ।

लेखापाल र प्रधानाध्यापकको हस्ताक्षरबाट निकासा हुने तलबलगायत रकम लेखापाल नहुँदा शिक्षकहरुले समेत पाएका छैनन् । लेखापाल नियुक्तिका लागि समितिले निर्णय गरी आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर विद्यालयमा समिति निर्माणमा राजनीतिक स्वार्थ राखी दाउपेच गरेपछी विगत आठ महिनादेखि विद्यालय समितिविहीन छ । विद्यालयमा कार्यरत शिक्षकहरुले विगत छ महिनादेखि तलब पाएका छैनन् ।

तलब नपाएर पीडित बनेका शिक्षकहरुले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले समिति निर्माणका लागि हदैसम्मको प्रयास गर्दा पनि सफल नभएको बताउनुुभयो । प्रधानाध्यापक भण्डारीले देवचुली नगरपालिकाको शिक्षा शाखाले समिति निर्माणलाई पूर्णता नदिने हो भने आफूले राजीनामा गर्ने बताउनुुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook