• होमपेज
  • पर्वतका दुई सांसद सहित गाउँपालिका उपाध्यक्ष, जिल्ला सचिव र उपसभापति पनि पराजित
Breaking News

पर्वतका दुई सांसद सहित गाउँपालिका उपाध्यक्ष, जिल्ला सचिव र उपसभापति पनि पराजित

पर्वत । पर्वत कांग्रेसको १४ औँ महाधिवेशनमा संघीय तथा प्रदेश सांसद पराजित भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार रहेका सांसदद्वय लालकाजी गुरुङ र ललितकला गुरुङ पराजित भएका हुन् ।

यी दुवै सांसद संस्थापन इतरको समूहमा थिए । लालकाजी संघीय र ललितकला गुरुङ गण्डकी प्रदेश सांसद हुन् । दुवै समानुपातिकतर्फबाट सांसद बनेका थिए ।

विज्ञापन

गत मंगलबार एकमात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा जिल्ला अधिवेशन सँगै महाधिवेशन प्रतिनिधिको पनि निर्वाचन भएको थियो ।

उक्त मतदानको परिणाम अनुसार खुलामा प्रतिस्पर्धा गरेका लालकाजी गुरुङ ३९३ मतसहित १२ औँ स्थानमा पुगे । खुलाबाट १० जनामात्र केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न पाउँछन् । खुलामा २१ जना उम्मेदवार थिए ।यस्तै खुला महिलातर्फबाट उम्मेदवार बनेकी ललितकला गुरुङ पनि पराजित हुन पुगिन् । खुला महिलामा बढी मत ल्याउने ४ जना महाधिवेशन प्रतिनिधि बन्न पाउँछन् । सांसद गुरुङ भने ४२६ मत सहित पाँचौ नम्बरमा मत ल्याइन् । खुला महिलामा ७ जना उम्मेदवार थिए ।प्रत्यक्ष खुलामा लडेका निवर्तमान जिल्ला सचिव विश्वप्रकाश प्रसाईं पनि पराजित भएका छन् । निवर्तमान उपसभापति दुर्गा बहादुर खत्री, राम शर्मा पौडेल, गंगाधर पौडेललगायत नेताहरु पराजित भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook