• होमपेज
  • कुश्मा नगरपालिकाद्वारा बालबिकास सहजकर्ता र सहयोगीको तलब वृद्धि
अर्थ/वाणिज्य

कुश्मा नगरपालिकाद्वारा बालबिकास सहजकर्ता र सहयोगीको तलब वृद्धि

कुश्मा नगरपालिकाले बालबिकास सहजकर्ता बिधालयका कर्मचारी तथा बिधालयका सहयोगीको तलब बृद्धि गरेको छ । नगरपालिकाले आज बसेको बैठकले तलब बृद्धि गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा अधिकारी बिस्णुप्रसाद तिवारीका अनुसार बालबिकास सहजकर्ता लाई १५ हजार ५ सय रुपैयाँ, बिधालयका सहयोगि लाई १५ हजार र बिधालयका कर्मचारी लाई २० हजार ५ सय रुपैयाँ मासिक तलब तोकेको हो ।

विज्ञापन

यसरी तलब बृद्धि गर्दा नगरपालिका लाई वार्सिक १ करोड ५० लाख रुपैयाँ दायित्व बढ्नेछ । कुश्मा नगरपालिका भित्रका बिधालयमा ७० जना बालबिकास सहजकर्ता, १८ जना बिधालय कर्मचारी र ६५ जना बिधालय सहयोगी रहेका छन ।

शिक्षकहरु तलव बढाउने माग सहित आन्दोलनमा थिए । नगरप्रमुख रामचन्द्र जोशिले शिक्षकहरुको माग सम्बोधन गर्नुपर्छ भन्नेमा आफु सकरात्मक भएर निर्णय गरेको बताउनुभयो ।

संघिय सरकारले बजेटमा तलब बढाउमे घोषणा मात्र गरेको तर स्रोत सुनिश्चितता नगरपालिका आफैले गर्नुपर्दा केहि दिन अन्योल भए पनि अब शिक्षकले आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य भएको जोशीले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook