• होमपेज
  • पर्वतको दुर्लुङमा आफ्नै छोराद्धारा बाबुको हत्या
कुश्मा नगरपालिका

पर्वतको दुर्लुङमा आफ्नै छोराद्धारा बाबुको हत्या

पर्वत –  पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् ।

स्थानीय गौवारीका ६४ वर्षिय धनलाल विकको उनैका छोरा ४५ वर्षिय राजकुमार विकले हत्या गरेका हुन् । घरायसी झगडाको क्रममा गएराती १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार गएराती घरमा बाबुछोरा मात्रै बसेका थिए भने मृतककी श्रीमती माईतीघर गएको बताईएको छ ।

घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपनि काठको, ढुंगा, लठ्ठी प्रहार गरेर हत्या गरेजस्तो देखिएको उहाँले बताउनुभयो । मृतकको मोवाईल समेत टुक्राटुक्रा परेको छ भने भान्सामा समेत ढुंगाहरु देखिएका छन् ।

आज विहान छिमेकीले मृतक विकको शब घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि घटना स्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ ।

अहिले मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook