देश/प्रदेश

कुश्मा स्थित मोदीमा खोलामा युवतीको बेवारिसे शव भेटियो
कुश्मा स्थित मोदीमा खोलामा युवतीको बेवारिसे शव भेटियो

पर्वत : पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा पर्ने मोदी खोलामा एकजना युवतीको बेवारिसे शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार अन्दाजी २० वर्ष उमेरकी ती युवतीको सनाखत हुन सकेको छैन। ह्यापी होली लेखिएको सेतो टिसर्ट र कालो ट्र्याक लगाएकी ती युवतीको शव पोस्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ। […]

  • ३ years अगाडि
पिडाल्ना – काफलबोट सडकको उद्घाटन
पिडाल्ना – काफलबोट सडकको उद्घाटन

पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट र वडा नं. ३ दुर्लुङमा पर्ने पिडाल्ना, भिराहथाप्ला, धारापानी, काफलबोट सडक उद्घाटन गरिएको छ। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट निर्माण गरिएको सडकको नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीले उद्घाटन गरेका हुन। सो अवसरमा बोल्दै गिरीले सडक सहित खानेपानी शिक्षा लगायतको क्षेत्रको विकासका […]

  • ३ years अगाडि
पर्वतको महाशिलामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गयो
पर्वतको महाशिलामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गयो

पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महाशिला गाँउपालिका–१ जमपुरमा बुधबार राति लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३४ बर्षीय रन बहादुर रानाको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाको जानकारी आज बिहान मात्रै प्राप्त भएकाले घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

  • ३ years अगाडि
जनअपेक्षा अनुसार विकास : मुख्यमन्त्री केसी
जनअपेक्षा अनुसार विकास : मुख्यमन्त्री केसी

दाङ : लुम्बिनी प्रदेश सरकारले चौथो स्थापना दिवस मनाएको छ। मंगलबार प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङमा स्थापना दिवस मनाएको हो। चौथो स्थापना दिवसको अवसरमा प्रदेशमा मंगलबार सार्वजनिक विदासमेत दिइएको थियो। विगत दुई वर्षदेखि प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा मनाउँदै आइएको छ। प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा विशेष कार्यक्रम गरी सरकारले स्थापना दिवस […]

  • ३ years अगाडि
प्रदेश दिवसको अवसरमा बुधबार गण्डकीमा सार्वजनिक विदा
प्रदेश दिवसको अवसरमा बुधबार गण्डकीमा सार्वजनिक विदा

पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेश दिवसको अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक विदा घोषणा गरेको छ। प्रदेश मन्त्रिपरिषदको मंगलबारको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले सार्वजनिक गरेको छ। २०७४ साल फागुन ४ गते एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार गण्डकीमा गठन भएको थियो। प्रदेश सरकार गठन भएको दिनलाई नै सरकारले प्रदेश […]

  • ३ years अगाडि
एमसिसिको बिरुद्धमा नेकपा एकीकृत समाजवादी पर्वतको प्रदर्शन
एमसिसिको बिरुद्धमा नेकपा एकीकृत समाजवादी पर्वतको प्रदर्शन

लक्ष्मण बिसि,पर्वत । अमेरिकी सहयोग परियोजना (एमसिसि) को बिरोधमा पर्वतको कुश्मामा आज बिरोध प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुको नेतृत्वमा बिरोध प्रदर्शन गरिएको हो । बिरोध सभामा बोल्ने वक्ताहरुले एमसिसी नेपालको हितमा नभएको भन्दै कुनै हालतमा नेपालले एमसिसी स्वीकार गर्न नहुने बताएका थिए । अमेरिकी सहयोग लोभमा नेपालको स्वतन्त्रता, स्वाधीनता […]

  • ३ years अगाडि
जनयुद्ध दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा
जनयुद्ध दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ। आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको हो। शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गरी बिदा दिइएको जनाएको छ।

  • ३ years अगाडि
पर्वतको पैंयु ४ हुवासमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन
पर्वतको पैंयु ४ हुवासमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन

पर्वत-पर्वतको पैंयु गाउँपालिका वडा नं. ४ हुवासमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन गरिएको छ । शुक्रबार  वडाको भेला आयोजना गरि  सीता न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा घनश्याम बसेल, सचिव रेशम बसेल र उपसचिवमा कमल बसेल चयन हुनुभएको छ । कमिटी गठन कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रिय […]

  • ३ years अगाडि
नगरसभा सफल भएको उपलक्ष्यमा पर्वतको एक स्थानीय तहले दियो सार्वजनिक विदा
नगरसभा सफल भएको उपलक्ष्यमा पर्वतको एक स्थानीय तहले दियो सार्वजनिक विदा

पर्वत । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा समेत विवादित निर्णय गर्ने भने छोडेका छैनन्। सामान्य र असान्र्दभिक विषयमा समेत सार्वजनिक विदा दिने स्थानीय तहको प्रतिस्पर्धाकै बीचमा  पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ। फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको […]

  • ३ years अगाडि
पर्वत अस्पतालको सेवा सुधार, म्याग्दीले नसकेको शल्यक्रिया पर्वत अस्पतालमा
पर्वत अस्पतालको सेवा सुधार, म्याग्दीले नसकेको शल्यक्रिया पर्वत अस्पतालमा

पर्वत÷सुत्केरी व्याथाले च्यापेपछि म्याग्दी मालिका गाउँपालिका वडा नं. ४ की २१ वर्षकी तोरण पटेल म्याग्दी जिल्ला अस्पतालमा पुगिन् । म्याग्दी अस्पतालमा सबै परिक्षण सकेपछि बच्चाको मुटुको धड्कन बढेको भन्दै चिकित्सकहरुले अपरेशन गर्नुपर्ने बताए । अस्पतालमा विद्युत आपूर्तीमा समस्या भएपछि अपरेशन गर्न नसकिने जानकारी दिए । तत्कालै बाग्लुङ जिल्ला अस्पताल लैजान सल्लाह दिए । बाग्लुङ अस्पतालमा […]

  • ३ years अगाडि
ब्राउन सुगर र गाँजासहित युट्युबर पक्राउ
ब्राउन सुगर र गाँजासहित युट्युबर पक्राउ

काठमाडौं । युट्युबर चेतन कार्की लागुऔषधसहित पक्राउ परेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटबाट चेतन भ्लगबाट चर्चामा आएका उनलाई प्रहरीले ब्राउन सुगर र गाँजासहित १९ गते पक्राउ गरेको थियो । बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका ३७ वर्षीय कार्कीले चलाउने ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो। उनीमाथि लागुऔषध मुद्दामा […]

  • ३ years अगाडि
गण्डकीमा कोदोको रक्सीलाई ब्रान्डिङ गरिने
गण्डकीमा कोदोको रक्सीलाई ब्रान्डिङ गरिने

पोखरा । गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी […]

  • ३ years अगाडि