• होमपेज
  • पर्वतका दुई सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ, केही फरार
Breaking News

पर्वतका दुई सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ, केही फरार

पर्वत – ठगी गरेको आरोपमा पर्वतका दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकाम कुश्मा बजारमा सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् ।

तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास कृषि सहकारी संस्थाका अध्यक्ष लेखनाथ शर्मा, उपाध्यक्ष विष्णु तिवारी पूर्व अध्यक्ष राजु शर्मा र सल्लाहकार शालिग्राम शर्मा तथा ऋण समिति संयोजक धनपति आचार्य पक्राउ परेका हुन् । दुवै सहकारीका अन्य सञ्चालकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

उनीहरुलाई सहकारी ऐन २०७४ अन्तर्गत सहकारी ठगी गरेको कसूरमा पक्राउ गरिएको हो । अहिले जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख भुसालले जानकारी दिनुभयो ।

यसअघि दुवै सहकारीका बचतकर्ताले जम्मा गरेको रकम भुक्तानी नपाएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले केही दिन पहिले सूचना जारी गर्दै दुवै सहकारीका बचतकर्तालाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट मुद्दति प्रमाणपत्र लगायतका सक्कल कागजातसहित प्रहरी कार्यालयमा आउन समेत सूचित गरेको थियो । ujjyaloonline बाट साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook