• होमपेज
  • लेजर रनमा गण्डकीलाई तेस्रो उपाधी
खेलकुद

लेजर रनमा गण्डकीलाई तेस्रो उपाधी

काठमाडौँ —काठमाडौमा सम्पन्न दोस्रो राष्ट्रिय लेजर रन प्रतियोगितामा वाग्मती टिम च्याम्पियन भएको छ । कोशी दोस्रो र गण्डकी तेस्रो स्थान हाँसिल गरेको छ ।

प्रतियोगितामा कोशी प्रदेशका सौगात लामा र अन्जु खवासले दोस्रो राष्ट्रिय लेजर रन प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशकि बिनिसा सार्कीले तेस्रो स्थान हाँसिल गरेकी छिन् ।

विज्ञापन

मोर्डन पेन्टाथलन संघद्वारा आयोजित प्रतियोगिताको यू–१७ उमेर समूहको पुरुषमा सौगात र महिलामा अन्जुले स्वर्ण जितेका हुन् ।

यू–१९ को पुरुषमा वाग्मती प्रदेशका शुलभ सुनुवार र महिलामा गण्डकी प्रदेशकी विनिता सार्की, जुनियर पुरुषमा वाग्मतीका राहुल दर्शन र महिलामा कोशीकी इन्द्रकला नेम्वाङ, यू–९ पुरुषमा वाग्मतीका पविनजंग गुरुङ र महिलामा वाग्मतीकै सुविज्ञा सुवेदी, यू–१३ को पुरुषमा कोशीका युसन कार्की र महिलामा कोशीकै स्नेहा राजवंशी तथा यू–१५ को पुरुषमा वाग्मतीका सोयवमान श्रेष्ठ र महिलामा कोशीकी अविरा रेग्मीले पहिलो स्थान हात पारे । सिनियर पुरुषमा वाग्मतीका रामबहादुर घिमिरे र भेट्रानमा शैलेन्द्रमान तुलाधरले शीर्ष स्थान हात पारे ।

गण्डकी प्रदेशबाट अनिस श्रेष्ठ १७ उमेर समुहमा दोस्रो, दिलिप र अभिषेक दाेश्राे र तेश्राे १९ उमेर समुह पुरूषतर्फबाट र प्रबिज्ञा अधिकारी १५ वर्ष उमेर समुह महिलातर्फबाट दोस्रो स्थान हाँसिल गरि उपाधी हात पारेका छन् ।

प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भएको थियो । ओलम्पिक खेलको रुपमा रहेको मोर्डन पेन्टाथलन ५ खेल (पौडी, घोडचढी, फेन्सिङ, लेजर गन शट र एथलेटिक्स) समावेश गरी खेलिने खेलमा पर्दछ । यसको संघ नेपालमा सन् २०१५ मा स्थापित भएको हो ।

यो राष्ट्रिय प्रतियोगिताको लगत्तै ग्लोबल लेजर रन सिटी टुर प्रतियोगिता हुनेछ । यो मंसिर १० गते हुने गण्डकी प्रदेश अध्यक्ष कविता अर्यालले बताउनुभयो। दोस्रो राष्ट्रिय लेजर रनबाट हरेक इभेन्टमा शीर्ष ४ भित्र रहने खेलाडी ग्लोबल रनमा छनोट हुने छन् । ग्लोबल लेजर रनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान गरी ५ देशको सहभागिता रहने जनाइएको छ ।

लेजर सिटी रनमा खेलाडीले दौडिने निश्चित स्थानमा लेजर गन प्रहार गर्ने र फेरि दौडिनुपर्दछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook