• होमपेज
  • कुश्माको शालग्राम शिला चितवनको माडीमा
Breaking News

कुश्माको शालग्राम शिला चितवनको माडीमा

पर्वत । धार्मिक पर्यटन विकास गर्न पर्वत जिल्लाको कुश्मा नगरपालिमा स्थित कालीगण्डकी नदीबाट शालग्राम शिला चितवनको माडीमा लगिएको छ ।

माडी नगरपालिकाले कुश्मा नगरपालिकासंग सहकार्य गरेर नदीमा रहेको शालिग्राम शिला लगेको हो । सोमबार नदी किनारमा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजालले माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतोलाई विशेष धार्मिक पुजा विधि पश्यात शालग्राम शिला हस्तान्तरण गरेका छन ।

विज्ञापन

उक्त शिला १ हजार बर्षमामा १ सेन्टीमिटर पनि पानीले खिवाउन नसक्ने ललितकला प्रज्ञा प्रतिष्ठानका मुर्ति विशेषज्ञ दिनेश्वर महतोले जानकारी दिए । उनले गैडाकोट देखि गलेश्वरसम्म मूर्तिका लागि उत्तम शिलाको खोजी गर्दा कुश्मा १ सहस्रघारा नजिक उक्त शिला फेला परेको समेत जानकारी दिए ।

धार्मिक पर्यटनको विकासको लागि उक्त शिलालाई माडी नगरपालिकाले मुर्तिआकार बनाएर राख्ने माडी नगरप्रमुख महतोले जानकारी दिइन । उनले बहुमूल्य शिला उपलब्ध गराएर सहयोग गरेको भन्दै कुश्मा नगरपालिकासंग माडी नगरपालिकाले भागिनी सम्बन्ध स्थापीत गर्न आफूहरु तयार रहेको समेत बताइन ।

दुई नगरपालिका वीच अन्य विकास आयोजनाहरुमा समेत सहकार्य हुनसक्ने महतोको भनाई थियो । कुश्मा नगरप्रमुख रामचन्द्र जोशीले धार्मिक रुपमा निकै पवित्र मानिएको कालीगण्डकी नदी निरन्तर दोहनको चपेटा परीरहेको भन्दै दुःख ब्यक्त गरे । उनले कानूनी रुपमा समेत नदी उत्खनन गर्न नपाइने भएपनि लुकीछिपी दोहन भइरहेको बताए ।

उनले धार्मिक पर्यटन विकासको लागि माडी नगरपालिकालाई शिला उपलब्ध गराउँदा कालीगण्डकी नदीको महिमा अझै बृद्धि भएको उल्लेख गरे । उपप्रमुख स्वस्थानी रिजालले पवित्र कालीगण्डकी नदी किनारको शालिग्राम शिला मार्फत माडी नगरपालिकाले धार्मिक पर्यटन विकास गर्ने कार्य गरेको भन्दै नगरपालिकाका प्रशंसा गरिन ।

विश्व भरका हिन्दुहरुका लागि पवित्र कालीगण्डकी नदीमा शालिग्राम शिला भेटिन्छन् । केहि समय अघि मात्र भारतको अध्योयामा समेत म्याग्दीबाट कालीगण्डकी नदीबाट नै शालिग्राम शिला लगिएको थियो । अध्योयामा रामको मूर्ति बनाउनका लागि उक्त शिला भारत लगिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook