• होमपेज
  • कुश्मा हुँदै बुटवल जाँदै हुनुहुन्छ ? ७० किलोमिटर छोटो बाटो कालीगण्डकी लोकमार्ग हुँदै यसरी जान सकिन्छ
गण्डकी प्रदेश

कुश्मा हुँदै बुटवल जाँदै हुनुहुन्छ ? ७० किलोमिटर छोटो बाटो कालीगण्डकी लोकमार्ग हुँदै यसरी जान सकिन्छ

पर्वत । उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डबाट सार्वजनिक यातायात छुटन शुरु गरेका छन् । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा न ५ मुडिकुवा देखि लोकमार्गकै रुट प्रयोग गरेर बुटवलसम्मका लागि यातायात सञ्चालन हुन लागेको हो । पैयूखोला यातायात प्रालिले उक्त रुटमा सार्वजनिक सवारी सञ्चालन गर्न लागेको हो ।

बुटवल जानका लागि पोखरा स्याङजा वालिकको रुट प्रयोग गर्नुपर्ने बाध्यता हटेसंगै यो रुटमा यात्रा गर्दा झण्डै ७० किलोमिटर दुरी छोटो हुने गर्दछ । फलेवासको मुडिकुवा देखि ढिकबाट कुर्घा जोड्ने झण्डै ३ किलोमिटर सडकको स्तरोउन्नती भईरहेको । उक्त स्थानमा बन्दै गरेको लमायखोला मोटरेवल पुल समेत सम्पन्न हुँदा यो क्षेत्रबाट बुटवल, पाल्पा लगाएतका जिल्लामा जानका लागि सडक सञ्जाल निकै छोटो हुनेछ ।

विज्ञापन

लोकमार्गको मुडिकुवाबाट शुरु हुने सार्वजनिक यातायात विहादी गाउँपालिकाको सेतीवेणी हुँदै मिर्मिबाट पाल्पा सडक खण्डमा भएर जान्छ । बुटवल देखि कुश्मासम्मको दुरी छोटो बनाउने उक्त कालीगण्डकी लोकमार्गको पाङराङ, बाच्छा, बर्राचौर हुँदै रानीपानीसम्मको सडक कालोपत्रे भएको छ ।

रानीपानी देखि सेतीवेणी हुँदै मिर्मिसम्मको सडकको स्तरोउन्नती हुँदैछ । यो सवै खण्ड पुरा हुँदा बुटवल देखि कुश्मासम्मको दुरी ७० किलोमिटर भन्दा बढि कम हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook