• होमपेज
  • महाशिलामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, शिल्ड बालारानी माबिले जित्यो
गण्डकी प्रदेश

महाशिलामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, शिल्ड बालारानी माबिले जित्यो

पर्वत-पर्वतको महाशिला गाउँपालिकाको आयोजनामा पालिका स्तरीय अन्तर बिद्यालय”तेस्रो राष्ट्रपति रनिङशिल प्रतियोगिता-२०८०” सम्पन्न भएको छ । महाशिला-३, बालाकोटको कृष्ण गोपाल स्मृति खेल मैदानमा यहीँ मंसिर २८ गतेदेखि संचालन भएको प्रतियोगिता सनिबार सम्पन्न भएको हो । तेस्रो राष्ट्रपति रनिङशिल प्रतियोगिताको शिल्ड महाशिला-३ बालाकोट स्थित बालारानी माबिले जितेको छ ।

प्रतियोगितामा गोरल्याङधाम आ.वि, महाशिला- १, दित्तिय, महेन्द्र ज्योति मा.वि, महाशिला- ५ तृतीय,स्वधर्म मा.वि. महाशिला- ४ ले सान्त्वना स्थान हासिल गरेका छन् । जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बिकको प्रमुख आतिथ्यतामा समापन कार्यक्रमको आयोजना गरि प्रतियोगितामा प्रथम, दित्तिय, तृतीय र सान्त्वना हुने बिद्यालय तथा विद्यार्थीहरुलाई शिल्ड, मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

विज्ञापन

रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत छात्र छात्रा भलिवल प्रतियोगिता, एथलेटिक्स तर्फका खेलहरु दौड, हाईजम्प, लङजम्प, त्रिपल जम्प,ज्यावलिङ्ग थ्रो, सटफुट थ्रो लगायतका खेलहरु भएका थिए । महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले विद्यार्थीहरु भविष्यमा देशका लागि सक्षम र उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिने उद्देश्यले प्रतियोगिता संचालन गरिएको बताउनुभयो ।

प्रतियोगिताले विद्यार्थीहरुको चौतर्फी क्षमता विकासका साथै आपसी भाइचारा, मेलमिलाप, सद्भाव,स्वस्थ्य प्रतिस्पर्धा र खेल मैत्री वातावरणमा मद्दत पुर्‍याउने उहाँले बताउनुभयो । त्यस्तै गाउँपालिकाका प्रवक्ता वडा नं. ३ का अध्यक्ष तथा प्रतियोगिता संयोजक कर्ण प्रताप गुरुङले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीको खेल क्षेत्रको विकास सँगै पालिकाभित्रका बिद्यालय र विद्यार्थी बिच सद्भाव बढाएको बताउनुभयो ।

नितान्त खेलकुदको बिकासमा प्रतियोगिता केन्द्रित भएको उहाँको भनाइ छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष धनसुबा बिक, वडा नं. १ का अध्यक्ष तिलक बहादुर मल्ल, २ का अध्यक्ष दिपक गुरुङ, ३ का अध्यक्ष कर्ण प्रताप गुरुङ, ४ का अध्यक्ष पुर्ण बहादुर मल्ल, ५ का अध्यक्ष चन्द्र बहादुर मल्ल, ६ का अध्यक्ष गोबिन्द बहादुर बिश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुली, लेखा अधिकृत सन्तोष बिक, विद्यालयका प्रअहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महेन्द्र ज्योति माबि स्काउटका विद्यार्थीहरुले स्काउट गितमा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा महाशिला गाउँपालिकाका विभिन्न १२ वटा विद्यालयको सहभागीता रहेको थियो ।
nayannews.com

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook