• होमपेज
  • नेपाली काँग्रेस पर्वत प्रदेश (क)को सम्मेलन पुस १ गते, गगन थापाले सम्बोधन गर्ने
गण्डकी प्रदेश

नेपाली काँग्रेस पर्वत प्रदेश (क)को सम्मेलन पुस १ गते, गगन थापाले सम्बोधन गर्ने

पर्वत/नेपाली काँग्रेस पर्वतको प्रदेससभा(क)को क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको छ । आगामी पुस १ गते सदरमुकाम कुश्माबजार स्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको तयारी तीब्र पारिएको हो ।

कार्यक्रममा सहभागि हुने प्रतिनिधिहरुलाई आमन्त्रण, प्रतिनिधि तथा अतिथिहरुहरुको व्यवस्थापन लगायत सवैजसो तयारी भैरहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय सभापति राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

विज्ञापन

क्षेत्रीका अनुसार प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न काँग्रेस महामन्त्री गगनकुमार थापा आउनुहुने भएको छ । सम्मेलनमा महामन्त्री थापासँगै केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी लगायत केन्द्र र प्रदेश तहका अन्य नेताहरु समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संगठनलाई गतिशील र प्रभावकारी बनाउने उद्देश्यले विधानमा भएको व्यवस्थाअनुसार पार्टीले सबैतहका सम्मेलन गर्ने अभियानमा जुटेको नेपाली काँग्रेस प्रदेश सभा (क)का सभापति राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । ‘पार्टी विधानले निर्देशन गरेको नियमित कार्यक्रम भएपनि पहिलो पटक सम्मेलन गर्न लागिएकोले यसको विधिवत प्रक्रियाका वारेमा धेरै साथीहरूलाई अलमल छ ।’–सभापति क्षेत्रीले भन्नुभयो ।

सम्मेलनमा पार्टी सभापतिको राजनीतिक प्रतिवेदन, सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछभने पार्टीले आगामी दिनमा गर्ने सांगठनिक कामहरू र रणनीतिक योजनाहरूलाई समेत यो सम्मेलनले पारित गर्ने छ ।

सम्मेलनमा कुश्मा, जलजला र मोदीका क्षेत्रीय अधिवेशन प्रतिनिधि गरी झण्डै साढडे ६ सय ४२ जनाको सहभागिता रहने सभापति क्षेत्रीले जानकारी दिनुभयो । उक्त पत्रकार सम्मेलनको संचालन क्षेत्रीय सचिव केशवप्रसाद उपाध्यायले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook