• होमपेज
  • कुश्माको नमुना बोर्डिङ स्कुलका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट …
कुश्मा नगरपालिका

कुश्माको नमुना बोर्डिङ स्कुलका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट …

पर्वत । पर्वतको कुश्मा रहेको निजी विद्यालय नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षक सज्जन पौडेलले कक्षा ७ मा अध्ययनरत विद्यार्थी स्वर्णिम केसीलाई निर्घात कुटपिट गरेका छन् ।

शिक्षकले विद्यार्थी केसीलाई कुटपिट गर्दा उनको आँखामा चोट लाग्नुका साथै शरीरको अन्य ठाउँमा पनि चोट लागेको परिवारले जनाएको इलालटिन डटकमले समाचार लेखेको छ ।

विज्ञापन

शिक्षकको कुटाइबाट घाइते भएका केसीलाई विद्यालयका अन्य शिक्षकहरूले कुश्माको एक निजी मेडिकलमा लगेर सामान्य उपचार गराएर घर पठाएका थिए । तर विद्यार्थीको अभिभावकले छोराको दाहिने आँखा हेर्न नमिल्ने गरी सुनिएपछि बेलुका पोखरा अस्पताल पु¥याएर फर्काएका थिए ।

शिक्षकको कुटाइबाट शरीरका अन्य ठाउँहरूमा समेत चोट लागेको विद्यार्थी केसीकी आमा चिनु केसीले बताइन् । उनले आफ्नो छोरालाई मरणासन्न हुने गरी कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट निकाल्नुपर्ने माग राखेकी छिन् ।

शिक्षक पौडेलले यस भन्दा अघि पनि विद्यार्थीहरूलाई कुटपिट गरेका कारण विवादमा आएका थिए । यता शिक्षक पौडेलले चाहिँ कक्षामा आफूले पढाउँदै गर्दा अनुशासनहीन गतिविधि गरेपछि रिसमा आउँदा यस्तो घटना घटेको र अबका दिनमा आफू सच्चिन तयार रहेको बताएका छन् ।

अभिभावकले शिक्षकलाई कारबाही गर्नुपर्छ भने पनि विद्यालय प्रशासनले चाहिँ उनको बचाउ गरेको अभिभावकको गुनासो छ । यता बिद्यालय प्रशासनले भने कुनै हालतमा शिक्षकमाथि कारबाही नगर्ने बताएको छ ।

विद्यालयले शिक्षकमाथि कारबाही नगर्ने अडानपछि विद्यार्थी केसीको परिवारले जिल्ला प्रहरी कार्यालय पर्वतमा पुगेर निवेदन दिने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook